Awareness Campaign

गुल्मीमा सडक बालबालिकाको पहिचान गर्ने अभियान सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गीता बस्याल पाण्डे, गुल्मीः गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ सुरु गरिएको छ।

गुल्मी जिल्ला भित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गर्नका लागि अभियानकै रुपमा सडक बालबालिका पहिचानको कार्यक्रम अगाडि बढाइएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले जानकारी दिए।

पहिले वास्तबिक सडक बालबालिकाको पहिचान गर्ने र पहिचान पश्चात उनीहरुको उचित व्यवस्थापन गर्नका लागि योजना बनाइने उनको दाबी छ । जिल्ला भित्रका बालबालिकाहरुको जिल्लामै उचित ब्यबस्थापन गरिने र अन्य जिल्लाका रहेछन् भने सम्बन्धित जिल्लासंग समन्वय गरेर अगाडि बढ्ने खत्रीले बताए।

Forest
Forest
Ad.

पहिचानका लागि कार्यदल नै गठन

सडक बालबालिकाहरुको पहिचान गर्नका लागि जिल्लामा एक जिल्ला शिक्षा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी संयोजक रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको छ।

जसको सदस्यहरुमा जिल्ला समन्वय समिति गुल्मीबाट विष्णु भुसाल , रेसुंगा नगरपालिकाबाट कल्पना पाण्डे जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नरेश गिरी, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट माधवराज खरेल कार्यदलमा रहेका छन्।

सडक बालबालिकाको पहिचान गर्नका लागि नेपाल पत्रकार महासंघ गुल्मीको समेत प्रतिनिधित्व रहने समन्वय प्रमुख खत्रीले जानकारी दिए।

Awareness by SKF

शनिबार सडकमा भेटिएका १९ जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी उनीहरुलाई खाजा नास्ता खुवाएको जिल्ला समन्वय समिति गुल्मीका शाखा अधिकृत विष्णु भुसालले जानकारी दिए। शनिबार उनीहरुको सामान्य रुपमा पहिचान गरिएको र आइतबार उनीहरुको अभिभावक तथा आफन्तलाई भेटीएको र वास्तबिक पहिचान गर्ने तर्फ लागेको भुसालले बताए।

भुसालका अनुसार जिल्लामा अभियान नै संचालन गरिएकाले यस अभियानलाई प्रभावकारी बनाएरै छाड्ने दाबी गरे।

जिल्ला प्रशासन कार्यालय वरपर सडक बालबालिकाहरुले पैदल हिड्ने यात्रुहरु र सेवा ग्राहीबाट जवरजस्ती पैसा माग्ने र सामानहरु उठाउने समेत गर्दै आएका छन्। यस भन्दा अगाडि थ्रिडी पार्कमा समेत उनीहरुले फोहोर गर्ने गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया