Awareness

गुल्मीका जुम्ल्याहा दाजुभाई लवकुशले बनाए स्क्यान गरेपछि चिया दिने मेसिन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीका १८ वर्षीय जुम्ल्याहा दाजुभाई लव पन्थी र कुश पन्थीले स्क्यान गरेर पैसा तिरेपछि चिया दिने भेन्डिङ मेसिन बनाएका छन्। लवकुशले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ।

Snow
Forest
Mountains

पैसा लिन र चिया दिन टी स्क्यानलाई मान्छेको कुनै पनि सहायता जरुरी पर्दैन। टी स्क्यानको माथिल्लोपट्टि क्युआर कोड राखिएको छ। ग्राहकले पहिले कप थापेर स्क्यान गरी पैसा तिरेपछि कपमा चिया भरिन्छ।

विषेशगरी व्यक्तिहरुले थरमसमा राखेर चिया बेच्न हिँडिरहेको देखेपछि मेसिन बनाउन प्रेरित भएको उनीहरुको भनाई छ। ‘काठमाडौँमा बस्ने क्रममा बसपार्क, एयरपोर्ट तथा अन्य मेलाहरुमा थरमसमा राखेर चिया बेच्ने गरेको देखेका थियौं।’ उनीहरुले भने, ‘त्यसपछि मेसिन बनाउने सोच आएको हो।’

मेसिनमा १ पटकमा पाँच लिटरसम्म चिया राख्न सकिन्छ। एकपटक मेसिनमा पानी, दूध, चिनी, चियापत्ति राखेपछि सबै काम मेसिनले आफै चिया बनाउँछ। ‘पैसा संकलन गर्छ र स्क्यान गरेपछि चिया पनि रिलिज गरिदिन्छ,’ लव पन्थीले भने। एक पटक पाकेको चिया कम्तीमा सात घण्टासम्म सोही तापक्रममा रहने उनीहरुको दाबी छ। चिया बेच्ने मेसिनले बजार पाउने उनीहरुको अपेक्षा छ।

उनीहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट, कोरोनाको समयमा आइसोलेशन वार्डमा प्रयोग गर्न सकिने नर्स रोबोट बनाएका थिए। यसबाट उनीहरु पुरस्कृत समेत भएका थिए। नेपाल समयमा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

image image धुर्कोट image image image image image image image image image

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया