Awareness

Get Vaccinated

मुसिकोट नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिकामा नगरस्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

नगर शिक्षा समितिको आयोजनामा भएको प्रतियोगीताका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सारले प्रथम स्थान हासिल गर्न सफल भएको छ। उसले १६ स्वर्ण पदक जितेको थियो।

त्यस्तै १२ स्वणर् पदक सहित त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट न.पा. ६ कुर्घाले द्वितिय स्थान हासिल गरेको छ। भने ५ स्वणर् पदक जित्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ५ ईन्द्रगौँडा तृतीय भएको छ।

प्रतियोगीतामा एथलेटिक्स,तेक्वान्दो, भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा लगायतका खेल समावेश गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।

स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको नगर प्रमुख जीवन खरेलले बताउनुभयो। यही असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नगरपालिकामा रहेका १३ वटा मावि विद्यालय सहभागी भएका थिए।

ग्वादिकाचौर खेल मैदानमा ३ दिनसम्म चलेको प्रतियोगीताको समापन समारोह प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको अध्यक्षता नगरप्रमुख जीवन खरेलको आतिथ्यता एवम् शिक्षा शाखाका चुरा बहादुर छन्तेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा शिक्षा अधिकृत प्रकाश नेपाली, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्मा, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक जित बहादुर रायमाझी, वडा नं ४ का वडासदस्य लोक बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन योजना शाखाका विष्णु प्रसाद खरेलले गर्नुभएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया