Place for ads

Awareness

गुल्मीमा विद्यार्थीलाई यौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्ययन गर्ने नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए। आरोपी शिक्षकलाई बालयौन दुर्व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको गुल्मी प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Get Vaccinated

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया