Awareness

Get Vaccinated

मुसिकोटमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

विष्णुप्रसाद आचार्य ‘चकित’, गुल्मी: गुल्मीको मुसिकोटमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। असार ५ गतेसम्म चल्ने रनिङ्ग शिल्डको पहिलो दिन मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषालले कार्यक्रमको उद्घाटन गर्नुभएको हो्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकिय भुषालले कार्यक्रमको सफलताको शुभकामना दिदै खेलकुदले बिग्रेका सम्बन्धसमेत सुधार गर्ने इतिहास बोकेकाले यसको छुट्टै महत्व रहेको बताउनुभयो। पाकिस्तान र अमेरिकाको बिग्रेको सम्बन्ध पनि खेल क्षेत्रले नै सुमधुर गराएको स्मरण गर्दै खेलमार्फत सामाजिक सद्भाव,आपसी मेलमिलाप लगायतका काममा सहभागी हुन उहाले आग्रह गर्नुभयो।

कार्यक्रममा चौथो राष्ट्रपति रनिङ्ग शिल्डको कार्यसम्पादन समितिका सम्योजक चुरा बहादुर छन्त्यालको अध्यक्षता, योजना शाखा सहायक विष्णु प्रसाद खरेलको सन्चालन र त्रिभुवन मा वि भुवाचिदिका प्रधानाध्यापक जीत बहादुर रायमाझीको स्वागत मन्तव्य रहेको थियो ।

जसमा प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषाल, नि वर्तमान उप प्रमुख कमला शर्मा,वडाध्यक्षहरु,पार्टीका प्रतिनिधिहरु,कार्यपालिका सदस्यहरु विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु,विद्यार्थीहरु,संघसस्था तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटनसङ्गै गरिएको मार्च पासमा १२ विद्यालय सहभागि भएका थिए।

जसमा महेन्द्र आदर्श नमुना मा बि वामीटक्सार,त्रिभुवन मा बि भुवाचिदि,शारदा विद्या मन्दिर मा बि.वामीमैदान,सीतापुर मा बि अर्लाङ्गकोट,युनिक चिल्ड्रेन एकेडेमी भुवाचिदि,मालिका इङलिस बोर्डिङ स्कुल वामीटक्सार,नेपाल राष्ट्रिय मा बि इन्द्रेगौडा,जनज्योति मा बि अरेवा,मुसिकोट मा बि बडागाउ, नेपाल राष्ट्रिय सर्वोदय मा बि पौदिअमराइ,पृथ्वी मा बि बडागाउ,दुर्गाभवन मा बि आपचौर सहभागी थिए।

सहभागीमध्ये उत्कृष्ट मालिका इङलिस बोर्डिङ्ग स्कुल वामीटक्सार, द्वितीय युनिक चिल्ड्रेन एकेडेमी भुवाचिदि,त्रितिय त्रिभुवन मा बि भुवाचिदि भएका छन । उद्घाटन सत्रको कार्यक्रम समापनसङ्गै सटपुटबाट प्रमुख प्रशाशकिय अधिकृत भुषालले खेल उद्घाटन गर्नुभएको छ।

त्यस लगत्तै सुरु भएको छात्र सटपुट प्रतियोगितामा नेपाल राष्ट्रिय मा बि इन्द्रेगौडा प्रथम,महेन्द्र आदर्श नमुना मा बि वामी द्वितीय,दुर्गाभवन मा बि आपचौर तृतिय भएका छन अन्य खेलहरु चलिरहेका छन।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया