Smoking Causes Cancer

के रवि लामिछानेले पनि बालेनकै शैलीमा चुनाव जित्लान्?



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएसँगै उनी ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन्।

उक्त बिदाई समारोहमा लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताएका छन्। जनताका प्रश्न सोध्ने ठाउँबाट अब जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका लामिछानेले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएकोले राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताएका छन्।

आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा जान लागेको बताएका उनले बिदाई कार्यक्रममा भने, ‘जनताका विषयहरूमा प्रधानमन्त्रीलाई प्रश्न सोधिएको मान्छे अब उत्तर दिने ठाउँमा जान खोज्दैछु। अब प्रश्न होइन उत्तर खोज्न राजनीतिबाट योगदान गर्नेछु’। रवि केन्द्रिय राजनीतिमा आउने संकेत देखाएसँगै उनले पनि बालेनले नै जसरी शानदार तरिकाले चुनाव जित्लान्? त्यो भने समयले नै देखाउनेछ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया