Awareness

Awareness Campaign

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै विजयी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: जिल्ला समन्वय समिति गुल्मीमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल नै विजयी भएको छ। २ नगरपालिका र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका द्रोण बहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका छन्। कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भएका छन्।

Forest
Forest
Ad.

नेकपा एमालेतर्फका प्रमुख उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुखमा विजयी खत्रीले एमालेका युवराज न्यौपानेलाई ६ मतले पछि पारेका हुन् । उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी तेजेन्द्र सलामीले एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतले नै जितेका छन्।

त्यस्तै गठबन्धनबाट सदस्यहरूमा महेश्वर भण्डारी, शेर बहादुर विक, सुनिता जिसी कुवँर, शेर बहादुर कुँवर, सावित्रा भण्डारी, वीर बहादुर कार्की र निरमाया राना विजयी भएका छन् । सदस्य सबैले १५ मत प्राप्त गरेका छन् भने महेश्वर भण्डारीले १४ मत ल्याएका छन्।

जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गर्नेछन्। अर्थात समन्वयमा गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुख सहित चार, माओवादीले उप-प्रमुख सहित तीन र समाजवादी र जनमोर्चाका एक/एक सदस्य रहेका छन्।

त्यस्तै एमालेबाट सदस्यहरूमा पिताम्बर अर्याल, कृष्ण प्रसाद भण्डारी, ज्ञान प्रसाद श्रेष्ठ, सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थीले उम्मेदवारी दर्ता गराएका थिए। कुल २४ मत खसेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया