Clean Water Campaign

Awareness Campaign

हप्ताको दुई दिने बिदा आजदेखि खारेज



भुवन काफ्ले
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेपाल सरकारले गत जेठ १ गतेबाट लागू गरेको हप्ताको दुई दिने बिदा खारेज भएको छ। सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएको थियो। आजबाट आइतबारको बिदा खारेज भै हप्तामा एक दिन अर्थात् शनिबार मात्र सार्वजनिक बिदा हुनेछ। आजबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ।

कार्यान्वयन गर्न जतिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ देखि लागू भएको दुई दिने बिदा र बिहान ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो।

यो निर्णय खारेज भए सँगै आजदेखी कात्तिक १५ गते सम्म बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म र कात्तिक १६ गते देखि माघ १५ गतेसम्म बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छन्।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया