Clean Water Campaign

Awareness Campaign

रेसुङ्गा नगरपालिकामा कार्यपालिका सदस्य सर्वसम्मत



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: रेसुङ्गा नगरपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसका सदस्यहरु सर्वसम्मत निर्वाचित हुने भएका छन्। नेपाली काँग्रेसबाहेक अन्य राजनीतिक दलबाट उम्मेदवारी नपरेपछि उम्मेदवारी दिएका उम्मेदवारहरु सर्वसम्मत निर्वाचित हुने भएका हुन्।

मुख्य निर्वाचन कार्यालयका अनुसार यम बहादुर विश्वकर्मा, बालकृष्ण बराल, सीता विश्वकर्मा, पुष्पा पन्थी, कमला धुरेल, शोभा नेपाली, मनिसा खत्री र सावित्रा श्रेष्ट थापाको मात्रै उम्मेदवारी परेको छ।

सदस्य मध्ये सीता विश्वकर्मा माओवादी केन्द्र र बालकृष्ण बराल एकीकृत समाजवादीबाट प्रतिनित्व गर्नेछन्। निर्वाचनमा काँग्रेसलाई सघाएको आधारमा दलहरुको बीचमा काँग्रेस कोटाबाटै माओवादी र समाजवादीका सदस्य कार्यपालिकामा लैजाने सहमति भएको थियो। यो सँगै रेसुङ्गा नगरपालिकाको नगरसभा र नगरकार्यपालिकामा काँग्रेसको स्पष्ट बहुमत भएको छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया