Awareness

Get Vaccinated

नगरप्रमुख जीवन खरेल सहितको टिम पुग्यो जनतालाई भेट्न गुल्मीको ददल्कामा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

रामकृष्ण कंडेल, वामीटक्सार: गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल सहितको टीम वडा नम्बर ९ ददल्कामा ददल्काबासीहरु सँग भेटघाट, अन्तरक्रिया तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा सहभागी हुनु भयो। उक्त कार्यक्रम नगरप्रमुख जीवन खरेल, उपप्रमुख गंगा श्रेष्ठ, निवर्तमान नगर उपप्रमुख कमला शर्मा, मुसिकोट नगरपालिका मुसिकोट नगरपालिका ६ का वडाध्यक्ष खड्ग बहादुर खड्का लगायतका विशिष्ट अतिथिहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

मुसिकोट नगरपालिका वडा नम्बर ९ को सुन्दरबस्ती ददल्का गाउँको राम मन्दिरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख जीवन खरेलले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपश्चात पहिलो पटक मु न पा ९ मा प्रत्यक्ष उपस्थित भएर जनताहरु सँग विकास निर्माणको बारेमा अन्तरक्रिया गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफूहरूको ५ वर्षे कार्यकालमा सबै जनताहरुले विजय हासिल गरेको अनुभूति दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आफूहरु लाई अमूल्य मत प्रदान गरेर पाँच वर्षको लागि काम गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण मतदाताहरू लाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै आफुले प्राप्त गरेको मतको दुरुपयोग नगर्ने प्रतिबद्धता समेत नगरप्रमुख ले उक्त कार्यक्रममा व्यक्त गर्नुभयो।नगर प्रमुख खरेलले भन्नुभयोः”मुसिकोट नगरपालिका वडा नम्बर ९ मा हामीले हाम्रो कार्यकाल भित्र धेरै कामहरु अगाडि बढाउनुपर्ने छ,आफूले सक्दो प्रयास गरी ती कामहरु सम्पन्न गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो”

कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख गंगा श्रेष्ठले मुनपा ९ का मतदाताहरु लाई धन्यवाद ज्ञापन गर्दै यहाँका जनताहरूको चाहना र माग अनुसार विकास निर्माणका कामहरु लाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

निबर्तमान नगर उपप्रमुख कमला शर्माले मन्तव्यको क्रममा आफूलाई गुल्मी ददल्का आफ्नै जन्मस्थान जस्तै लाग्ने भन्दै आफूले आफ्नो पाँच वर्षे कार्यकालमा बजेट विनियोजन गर्ने सन्दर्भमा सक्दो सहयोग गरेको धारणा व्यक्त गर्दै आफु जहाँ रहे पनि यस क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय वयोवृद्ध टिकानिधी खरेलले नगरप्रमुख जीवन खरेलको नेतृत्वमा धेरै राम्रा कामहरु अगाडि बढ्ने आशा राख्दै नगरपालिकाले वडा नम्बर ९ को विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नको लागि माग गर्नुभयो।वयोवृद्ध खरेलले भन्नुभयोः”तपाईहरुले नगरे कस्ले गर्ने, हामीले धेरै आशा लिएका छौं यो कार्यकालमा मुसिकोट नगरपालिका वडा नम्बर ९ मा धेरै राम्रा कामहरु हुनेछन्”

Awareness by SKF

कार्यक्रममा बोल्दै स्थानीय युवा हरी चालिसेले नवनिर्वाचित नगर सरकारले मुनपा९ को विकासको लागि दीर्घकालीन योजना निर्माण गरी महत्वपूर्ण कार्यहरु सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गर्नको लागि बिशेष माग गर्नुभयो। नगर सरकारको तर्फ बाट बसाइँ सराइ कार्य रोक्नको लागि तत्काल विशेष योजना निर्माण गरी कामहरु अगाडि बढाउन माग गर्नुभयो।शिक्षा स्वास्थ्य कृषि लगायतका क्षेत्रहरुमा महत्वपूर्ण कामहरु थालनी गर्न जरुरी रहेको चालिसेले बताउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगरपालिका ९ नम्बर वडा कमिटीले वडा नम्बर ९ भित्रका महत्वपूर्ण स्थानहरूमा क्रमशः वडाबासीहरु सँग नगरप्रमुख,उपप्रमुख लगायतका महत्वपूर्ण ब्यक्तित्वहरु लाई उपस्थित गराई वडाबासीहरू को माग,चाहना को बारेमा अन्तरक्रिया गराई विकास निर्माणका कामहरु लाई अगाडि बढाउनको लागि सहज होस भनेर यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ।उक्त निर्णय अनुसार पहिलो कार्यक्रम ददल्का गाउँमा सम्पन्न गरिएको हो,यस प्रकारका कार्यक्रमहरु क्रमशः वडा भित्रका विभिन्न स्थानहरुमा आयोजना गरिनेछ।

यसवर्ष अलि छिट्टै वर्षायाम सुरु भएको उक्त वर्षाको कारणले वामी मैदान ठुलाखर्क,डासिकोट,अर्लाङकोट ददल्का मोटरबाटो,दाड०सिड०- उर्लेनी मोटरबाटो को पछिल्लो अवस्थाको बारेमा नगरप्रमुख खरेलले जानकारी लिनुभएको छ।बर्षा याममा समेत यी सडकहरू सुचारू गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबध्दता नगरप्रमुखले जनताहरूको बिचमा ब्यक्त गर्नु भएको छ।

वडा कमिटी अध्यक्ष उमाकान्त खरेलको अध्यक्षता, रामकृष्ण कंडेलको सञ्चालन तथा निवर्तमान वडाअध्यक्ष नरेशराज खरेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया