Clean Water Campaign

Awareness Campaign

‘यसपालि निर्वाचित मध्येका मेरो नजरमा परेका एक जनप्रतिनिधि/मेयर’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विपिन विश्वास रायमाझी, गुल्मी: यहि वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन पश्चात् अधिकांश स्थानीय तहमा नयाँ नेतृत्व चयन भएका छन्।

यसपालि स्थानीय तह निर्दलिय हुनुपर्छ भन्ने विचारका साथ देशका विभिन्न स्थानीय तहमा राजनैतिक दलको सङ्गठन र दबदबा भत्काएर स्वतन्त्र उमेदवार हरुले जित हात पारेका छन। यद्यपि अधिकांश स्थानीय तहमा राजनैतिक दलका उमेदवारहरु नै विजयी भएका छन।

राजनितीक दल आफैमा गलत होइन तर दलमा आवद्ध नेतृत्वको व्यवहार र सिद्धान्त विहिनता र व्यक्तिगत स्वार्थ पूर्ण राजनीतिले गर्दा आम नागरिकहरु दलहरु प्रति रुष्ट छन।

Forest
Forest
Ad.

सल्यानको सारदा नगरपालिकाका नवनिर्वाचित मेयर प्रकाश भण्डारी मलाई व्यक्तिगत रुपमा एउटा रुचाईएका पात्रहरुको अग्र स्थानमा परेका छन। मलाई उनको आस्था, सिद्धान्त, दल र इतिहास बारे कुनैपनि ज्ञान छैन। मैले उनै मेयर प्रकाश भण्डारीको वालमा भेटेका केही श्रव्य दृश्य सामाग्रीहरु हेर्दै गर्दा मलाई साँच्चिकै लालायित बनाएको छ। उनको विनम्र बोल्ने शैली, शालीनता, हरेक सामाजिक मुद्दामा चासो र भुईं मान्छेका स-साना समस्यामा देखाएको उदारता, रुचिले साच्चिकै सारदा नगरपालिकाले एक उत्कृष्ट मेयर पाएको छ भन्ने लागेको छ।

यद्यपि उनको कार्यकुशलता र प्रभावकारिताको बारेमा बिस्तारै परिणाम देखिदै जाला। उनले निर्वाचित भैसकेपछी नगर कार्यालयमा कर्मचारीहरुलाई देखाएको शिष्टता, ज्येष्ठ नागरिकहरु प्रति देखाएको सम्मान, आम मानिसको सबैभन्दा आवश्यक नजिकको संस्था विद्यालय रस्वास्थ्य संस्थामा उनको उपस्थिती र उनले त्यहाँ दिएका विनम्र अनुरोधात्मक निर्देशनले मन प्रफुल्ल बनाएको छ।

उनका अनेकौ भित्रि कुराहरुको बारेमा ज्ञान भएन। यद्यपि मैले देखेको प्रकाश भण्डारीको शालिनता, विनम्रता, अध्ययन, प्रस्तुति र शब्द छनौटले सल्यानको सारदा नगरपालिकाका आम मतदाताले (उमेर, विचार र व्यवहारले परिपक्व) एउटा अब्बल व्यक्तिलाई आफ्नो पालिकाको नेतृत्व सुम्पिएका रहेछन भन्ने कुरामा गर्व लाग्यो।उनको यो कार्यकालको गज्जब सुरुवातले अझै उत्कृष्टताका साथ निरन्तरता पाईरहोस र आगामी दिनमा देशका नमुना पालिकाहरुको सुचिमा प्रकाश भण्डारीले नेतृत्व गरेको सारदा नगरपालिकाको नाम पनि अग्रपंक्तिमा सुन्न पाईयोस।

लेखक रायमाझी गत स्थानीय निर्वाचनमा मुसिकोट नगरपालिका, गुल्मीको प्रमुख पदका स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया