Smoking Causes Cancer

Awareness Campaign

एमाले बाट जनताले आत्मा समिक्षा चाहन्छ्न ( टिप्पणी )



ओझेलका खबर
८ मिनेट अगाडि


Awareness

Place for ads

प्रेम  सुनार

११ जेठ २०७३ तम्घास ।  यो  देशमा कुनै  कालखण्डमा केपी शर्मा ओलि नेतृत्वको सत्ता गठबन्धन बनेपछि मात्र  देशमा “स्थायित्व” आउने भाष्य निर्माण गरियो । तर २०८१ असार १७ गते शेर बहादुर देउवा र ओलीबीच भएको सातबुँदे सहमतिले नयाँ राजनीतिक अध्याय भन्दा पनि पुरानै सत्ता–समीकरणको पुनरावृत्ति जन्मायो । त्यसपछि २०८१ असार ३० मा ओली चौथोपटक प्रधानमन्त्री बने ।
तर आज प्रश्न उठेको छ—रास्वपा, जेनजि आन्दोलन, बालेन वा रविलाई मात्रै गाली गरेर पुराना दल आफ्ना असफलताबाट उम्किन सक्छन् ?
तम्घासमा आयोजित संविधान संशोधन बहसमा पनि त्यही देखियो । विषय थियो संविधान, तर निशाना बनाइयो राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) , रवि लामिछाने र वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह लाई ।

अझ विडम्बना त के भने, पुराना दलका केही नेताले कम्तीमा “हाम्रो कमजोरीका कारण नयाँ शक्ति जन्मियो” भन्ने आत्मसमीक्षा गरे । तर एमाले प्रतिनिधित्व गर्ने नेताबाट भने आत्मालोचना होइन, लगभग सम्पूर्ण समय जेनजि आन्दोलन र नयाँ पुस्तामाथि प्रहारमै खर्च भयो ।
प्रश्न उठ्छ—देशको राजनीतिक नक्सा बदलिनुमा दोष केवल नयाँ दलको हो ?
कि पुराना दलले दशकौँसम्म गरेको सत्ता व्यापार, भागबन्डा, नियुक्ति राजनीति, भ्रष्टाचार संरक्षण र जनताप्रति बढेको अहंकार यसको मुख्य कारण हो ?

सिंचाई
Forest
Ad.

ओली–देउवा गठबन्धनको जन्म नै शंकाबाट सुरु भयो । जनताले चुनावमा फरक–फरक कित्तामा राखेका दुई दल अचानक एउटै ओछ्यानमा पुगे । त्यो पनि वैचारिक सहमतिले होइन, सत्ता जोगाउने अंकगणितले । जनतामा यही सन्देश गयो—“जब सत्ता संकटमा पर्छ, पुराना दलहरू एकअर्काका कट्टर विरोधी होइनन्, साझेदार हुन् ।”

त्यसपछि सुरु भयो नियुक्ति, शक्ति बाँडफाँड र आलोचकप्रति असहिष्णुता बढेको आरोप । सरकार बनेको सय दिन नपुग्दै जनस्तरमा निराशा किन बढ्यो ? कारण स्पष्ट थियो—जनताले नयाँ सोच खोजिरहेका बेला सत्ता फेरि पुरानै अनुहारको घेराभित्र फर्कियो ।
पुस्पकमल दाहाल ( प्रचण्ड ) नेतृत्वको सरकार ढाल्ने खेलदेखि नयाँ समीकरण निर्माणसम्मका घटनाले जनतालाई के महसुस गरायो भने, नेपालमा विचार होइन सत्ता नै सबैभन्दा ठूलो सिद्धान्त बनिसकेको छ ।

आज एमालेका नेताहरूले रास्वपालाई “क्षणिक लहर” भन्न सक्छन् । बालेनलाई “सामाजिक सञ्जालको उत्पादन” भन्न सक्छन् । तर एउटा कठोर सत्यबाट भाग्न सक्दैनन्—यदि पुराना दलले जनताको विश्वास नतोडेका भए, जेनजि आन्दोलन यति ठूलो हुन्थेन । नयाँ दलहरू यति छिटो स्थापित हुने थिएनन् ।
२०८१ भदौ २३ को साँझ देशले प्रश्न सोध्यो—
“आखिर युवाहरू किन सडकमा छन् ? किन पुराना दलप्रति यति वितृष्णा छ ?”
त्यो प्रश्नको उत्तर रास्वपामा होइन, एमाले–काङ्ग्रेस–माओवादीकै विगतमा लुकेको छ ।
संविधान संशोधन बहसमा पनि यदि पुराना दलका नेताले “हामीबाट गल्ती भयो” भन्न नसक्ने हो भने त्यो बहस सुधारका लागि होइन, केवल प्रतिशोधका लागि भएको ठहर्छ । अझ एमालेले त आत्मासमीक्षा गर्नुपर्ने सूची निकै लामो छ—संसद विघटनदेखि सत्ता गठबन्धनको अस्थिर खेलसम्म, आलोचकलाई शत्रु देख्ने प्रवृत्तिदेखि पार्टीभित्र फरक मत कमजोर पार्ने संस्कृतिसम्म ।
पुराना दलले बुझ्नुपर्ने एउटा गम्भीर कुरा छ—
रास्वपा वा जेनजि आन्दोलन कुनै दुर्घटना होइनन्, ती पुराना दलका कमजोरीको राजनीतिक प्रतिक्रिया हुन् ।
यदि एमालेले आज पनि “सबै दोष अरूको” भन्ने निष्कर्ष मात्रै निकाल्छ भने आत्मासमीक्षा कहिले गर्ने ?
जब आफ्नै किल्ला भत्किसक्छ ?
जब युवापुस्ता पूर्णतः टाढिन्छ ?
कि जब इतिहासले “पुरानो दल” भनेर संग्रहालयमा राखिदिन्छ ?
देशले अहिले विपक्षी होइन, इमानदार आत्मालोचना खोजिरहेको छ ।
तर दुर्भाग्य ! हिजो आईतवार तम्घासको बहसले देखायो—पुराना दल अझै ऐनामा आफूलाई हेर्न तयार छैनन् । विप्लव नेतृत्व र पुर्व माओवादीलाई समेत पुरानै दलको सुचीमा राख्दा हिजो पाँच राजनीति दलको जमघट थियो ।

जनमोर्चा द्वारा आयोजित संविधान संशोधनका सन्धर्भमा आयोजित अंतरकृया कार्यक्रममा बोल्ने नेकपाका नेता अशोक थापा, काङ्ग्रेस नेता छवि पाण्डे र विप्लव नेतृत्वको नेकपा माओवादीका नेता वसन्त गैरेले आफुरुको पार्टीको अलिकती ऐना हेरेर वर्तमान सरकारको सन्तुलित आलोचना गरे ।

Awareness by SKF

तर जनमोर्चाका नेता सुरेन्द्र थापा, रामेश्वर खत्री , मशालका प्रबक्ता चुरामणी भट्टराई र एमाले नेता गणेश श्रेष्ठ मध्ये बोल्ने समयको ती जनाले ९५ प्रतिशत बालेन , रवि र रास्वपाको चर्को आलोचनामा समय खर्चिए भने एमाले नेता श्रेष्ठले ९९ प्रतिशत चर्को आलोचना मै खर्चिए तर आफ्नो पार्टीको कमजोरीको क पनि स्वीकार गरेन्न ।

हिजो कार्यक्रममा श्रेष्ठको मात्रै होईन , जहाँ हुन्छ राजनैतिक कार्यक्रम त्यहाँ जुन कुनै एमाले नेताको बालेन , रवि र रास्वपा प्रति हुने गरेको सुनिएको छ । हैन, एमालेले केही गरेन भन्ने निरासां मात्रै जनता छैन्न । तर माथी उल्लेखित जस्तै विगतका गम्भीर गल्ती प्रति आत्मा समीक्षा किन नगर्ने ?

किन खरानी बन्यो मीन बहादुर गुरुङको भाटभटेनी ? आखिर एमालेले पार्टी कार्यालयका लागि उनी बाट जग्गादान ग्रहण गरेर होईन ? आन्तरिक आन्तरिक आत्मा समिक्षा नै गरेर होला त्यो जग्गा अहिले आएर फिर्ता गरेको । गरिव जनताले सिटामोल पाउदैन्न बेलामा तर एउटै नेता ओलिको विदेश उपचार खर्चमा दुई करोड बढी खर्च गरिनु त्यो भन्दा राज्य दोहनको चरम रजाइँ अरु के हुन सक्छ ? त्यो पनि आन्तरिक आत्मा समिक्षा गरेरै होला फिर्ता गर्ने निर्णय गरिएको ।

  तर आन्तरिक आत्मा समिक्षाले मात्रै पुग्दैन । त्यति ठुला गल्ती दोहरिए पछि जनता सामु आउँदा हामीले यी यी गल्ती गरियो माफी माग्छौ अब दोहोराउने छैनौ भने आत्मा समीक्षा / आत्माआलोचना गर्न किन नसक्ने ? जनता धेरै चनाखा भईसकेका छ्न, कुनै पनि दल कुनै पनि नेताको काम र कमजोरीको हिसाब गरेर बसेका छ्न ।

तर बोल्दा कामको मात्रै बखान गर्ने आफ्नो कमजोरीलाई समेत आरुको थाप्लोमा थोपरेर आफू पानी माथीको ओभानो बन्ने प्रवृति जनताले कतिन्जेल सहन्छ्न / पचाउ छ्न ?

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो