Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा-८ का वडा अध्यक्ष निस्के बेल्चा लिएर सडकमा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ का वडाअध्यक्षले बेल्चा लिएर सडकका खाल्डा पुर्न उत्रिएका छन्। जिल्ला सदरमुकाम तम्घासको गुल्मी अस्पताल नजिकै रहेको सडकमा परेका खाल्डा पुर्न वडाअध्यक्ष निरञ्जन काउछा आफैले बेल्चा लिएर खाल्डा पुर्न सडकमा पुगेका हुन्।

अस्पतालमा पुग्ने सर्वसाधारणलाई सडकमा खाल्डा परेपछि सास्ती हुने गरेको छ। अस्पताल पुग्ने बिरामी तथा बजारमा किलमेल गर्न आउजाउ गर्नेहरुलाई निकै सास्ती हुँदै आएको छ। तर शुक्रवार वडाअध्यक्ष काउछाले खाल्डा पुर्न सामाग्री सहित आफैले काम गरेका थिए। उनले वडा भित्रका भत्केका सडकहरु मर्मत गरिने बताए।

अस्पताल नजिकै रहेको जोखिम युक्त खाल्डाहरु तत्कालको लागि भएपनि खाल्डाहरु पुर्ने काम गरेको अध्यक्ष काउछाले बताए। तर दिर्धकालिन रुपमा यसको समाधान खोजिने उनको भनाई छ। अस्पताल नजिकै रहेको नालीबाट वर्षातको भेलको पानी नगएपछि सडकबाट जाने गरेकाले जोखिम बढदै गएको हो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया