Hi-Speed Computer

Awareness Campaign

नगर प्रमुख पन्थीद्वारा बुटवल-सालझण्डी-तम्घास सडकको अनुगमन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रमेश विश्वकर्मा, गुल्मी: गुल्मीको रेसुंगा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल-सालझण्डी-पटौटी-खर्ज्याङ-तम्घास सडकको अनुगमन गर्नुभएको छ। जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रूपमा रहेको यस सडक खण्डको अनुगमन गर्नुभएको हो। यस जिल्लालाई बुटवलसँग जोड्ने गौरवको आयोजनाको रूपमा रहेका यस सडक खण्डलाई सम्पन्न गर्न पटक-पटक चासो देखाउँदै आउनुभएको नगर प्रमुख पन्थीले निर्वाचित भएलगत्तै अनुगमन गर्नुभएको हो।

सडक पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख इञ्जिनियर सागर मरासिनीले नगर प्रमुख पन्थीलाई सडक खण्डको बारेमा जानकारी गराउनुभएको थियो। जानकारी लिंँदै नगर प्रमुख पन्थीले यो सडक खण्डलाई स्तरोन्नति गर्नका लागि निरन्तर पहल गर्ने बताउनुभयो। उहाँले सडक खण्डलाई शीघ्र सम्पन्न गर्न पहल गर्ने बताउँदै जिल्लाका नागरिकहरूलाई द्रुतरूपमा सडकको सुविधा प्रदान गर्ने उल्लेख गर्नुभयो।

‘हामीले निरन्तर रूपमा गुल्मेली जनतालाई वैकल्पिक मार्गको रूपमा रहेको यस सडक खण्डलाई सम्पन्न गर्न निरन्तर पहल गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘सिद्धबाबा सडक खण्डको विकल्प नहुँदा अकालमै गुल्मेली जनताले ज्यान गुमाउन परिरहेको छ।’

Forest
Forest
Ad.

यस सडकखण्ड छिट्टै सञ्चालनमा ल्याई गुल्मेली जनतालाई सिद्धबाबाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउने दाबी गर्नुभयो। उहाँले यस सडक खण्डलाई कालोपत्रे गरेर अढाई घण्टामा तम्घास-बुटवलको यात्रा सहज बनाउने बताउनुभयो।

जिल्लाको विकास, समृद्धि र पर्यटनसँग जोडिएकाले पनि यो सडकको निकै महत्व रहेको बताउनुभयो। सालझण्डी-पटौटी-खर्ज्याङ-तम्घास सडकखण्ड २०७० सालमा निर्माण कार्य शुभारम्भ भएको हो। संविधानसभा सदस्य डा. चन्द्र भण्डारीको पहलमा यो सडकखण्ड निर्माणको कार्य सुरु भएको थियो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया