Place for ads

Awareness

नवनिर्वाचित नगरप्रमुखलाई प्रत्यासी युवा उम्मेदवारको शुभकामना र सुझाव



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

नवनिर्वाचित नगर प्रमुख
आदरणीय जीवलाल खरेल (जीवन) ज्यू,

स्थानीय तह २०७९ को निर्वाचनमा तपाईं, हामी एउटै चुनावी मैदानमा थियौँ। आ-आफ्ना एजेन्डा र मुद्दामा बहस गर्यौँ, नागरिक माझ पुग्यौँ। यहाँलाई आम मुसिकोटवासीले मुसिकोट नगरपालिकाको नगर-प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित गर्नुभयो। हामी लगायत अन्य प्रतिस्पर्धामा उभिएकाहरुलाई पुनः लगाव सङ्गै बलियो प्रतिपक्षी बनेर मुसिकोट बनाउने अभियानमा लाग्न नागरिकले अभिमत दिए। स्थानीय तह निर्वाचनको दोश्रो इनिङमा यो नगरको नेतृत्व गर्ने सुवर्ण अवसर तपाईलाई प्राप्त भयो।यसका लागि तपाईलाई हार्दिक बधाई एवम सफल कार्यकालको हार्दिक मङ्गलमय सुभकामना ब्यक्त गर्न चाहान्छु।

यसपालि मुसिकोटवासीले भौगोलिक रुपमा अत्यन्तै न्याय गरेर नेतृत्व छनौटमा आफ्नो अभिमत प्रयोग गरेका छन। यो नेतृत्वमा निर्वाचित हुनेहरुलाई पनि राम्रो अवसर हो। अब निर्वाचित टिमले यो अवसरलाई कसरी लिने भन्ने मुख्य कुरा हो। अघिल्लो स्थानीय तह सरकारले पनि धेरै काम गरेको छ। यद्यपि परिणाममुखी काम गर्न नसक्दा, अघिल्लो निर्वाचनबाट निर्वाचित टिमसङ्ग नागरिक खुसी महशुस भएको हामिले आभास गरेका छैनौँ, परिणाम देखिएको पनि छैन।

Get Vaccinated

तपाईहरुलाई अब्बल सावित हुन पनि केही बिल्कुलै फरक गर्नुपर्ने छ। तपाईं लगायत तपाईको टिम भुई मान्छे सङ्गै पुग्न सकोस र भुई मान्छेको अवस्था परिवर्तन गर्ने कुरामा लाग्न सकोस्। नेतृत्वमा पुग्ने बित्तिकै कुनै कायापलट हुन्छ भन्ने हाम्रो मानसिकता छ, त्यो बिल्कुल गलत हो। यद्यपि सहि नीति र काम गर्ने इच्छाशक्ति हुने हो भने बिल्कुलै फरक काम गर्न नसकिने भने होइन।

अघिल्लो स्थानीय सरकारले अहिलेको लागि धेरै जग हालिदिएको छ। यहाँले त्यो जगमा टेकेर समाजका भुई मान्छेहरु अटने एउटा समुन्नत समाज र खुसी नागरिक बनाउने कर्ममा लाग्नुहुनेछ भन्नेमा बिश्वास व्यक्त गर्न चाहन्छु। तपाईं आफैमा शालीन र बौद्धिक हुनुहुन्छ, जसकारणले आम मुसिकोटवासीले नगरको नेतृत्व तपाईमाथि सुम्पिएका छन। यसको अर्थ यो होइन कि कसैको कुरा सुन्नुहुदैन।

यो समाज कस्तो छ तपाई आफैलाई थाहा छ, भिड र जितको पछि  लागिहाल्ने, चाप्लुसी गरिहाल्ने पात्रहरु धेरै छन, जोगिनुहोला।अघिल्लो सरकारका केही नेतृत्वले तेस्तै संयमता नअपनाउदा हामिले परिणाम पाउन सकेनौं। त्यसैले बेलैमा त्यस्ता पात्र पहिचान गर्न सक्नुभएन भने भोलि हामिले अपेक्षा गरेको परिणाम आउने कुरामा ती र तेस्तै प्रकृतिका कुराहरु घातक बन्न सक्छन। त्यसैले कार्यगत कुशलताको निम्ति पात्र छनौटमा एकदमै सजग रहनुहोला। यो एउटा भुईमान्छेको अनुरोध हो।

Awareness by SKF

म आफै बिल्कुलै फरक ढङ्गबाट चुनावी  प्रतिस्पर्धामा तपाईसङ्गै थिए। म मुद्दा र एजेन्डाको राजनीति गर्न युवा जोश बोकेर निस्किए। अभिमतले समाजको औकात बदल भन्यो, अझै हाम्रो समाज मुद्दा र एजेन्डामा बहस गर्ने तहमा नपुगेको प्रष्ट भयो। त्यो पुर्याउने जिम्मा मेरो हो/हामी युवाको हो। जसमा म लगायत हाम्रो टिम निरन्तर लागिरहने छ।

तपाईं हामीले समन्वय गरेर, समाजलाई चेतनशील र नागरिकलाई शिक्षित बनाएर। अर्को पटक हुने निर्वाचन मुद्दा र एजेन्डामा गर्न सक्ने ल्याकतमा पुर्याउनु पर्दछ। त्यो भनेको नागरिक चेतना र सामाजिक सचेतना सहित भुई मान्छेको अवस्था परिवर्तन र शिक्षा नै हो। तपाईं यो कार्यगर्ने कुरामा चुक्नुहुने छैन र एउटा अब्बल जनप्रतिनिधि बन्नुहुनेछ भन्नेमा विश्वास व्यक्त गर्दछु।

अहिलेपनि हाम्रो समाजमा सबैभन्दा ठूलो भेदभाव भनेको भोटको आधारमा हुने भेदभाव हो। भोटको आधारमा हुने विभेदको अन्त्यको निम्ति तपाईको उत्कृष्ट पहल-कदमी रहोस भन्ने चाहन्छु। तपाईंको दललाई भोट नहालेको र फरक पार्टी एवं तप्कामा आस्था राखेको नाउमा कुनैपनि नागरिकले सास्ती भोग्नु परेको खबर हामिले सुन्नु-नपरोस।

एउटा भुईमान्छेको प्रतिनिधित्व गरेको पात्रको नाताले आफ्नो पालिकाको प्रमुखलाई केही सामान्य सुझाव भने दिन चाहन्छु।

COVID-19

ताकि भोलि हामि माथि यो प्रश्न न उठोस कि हामिलाई सुझाउनु भएन, सघाउनु भएन।

सुझाव/अनुरोध:

१) पालिकाको सन्तुलित विकासको निम्ति एउटा बलियो सल्लाहकार टिम बनाउनुहोस र कर्मको थालनी गर्नुहोस्। जहाँ निस्वार्थ सामाजिक ब्यक्ति,बिषयगत बिज्ञ बौद्धिक  ब्याक्ती,सचेत युवा समुहको प्रतिनिधित्व होस। जसले गर्दा तपाईलाई सह्ज पनि हुनेछ र परिणाम पनि ल्याउन सजिलो पनि बनाउने छ।

तर राजनितीक दलको खोल ओडेका,चाप्लुसी र व्यक्तिगत फाईदामा रमाउने कर्मचारी वर्ग(समूह) र बौद्धिक समुहको बहकाउमा भने नलाग्नुहोला।

२) अब यहाँहरुको प्रतिपक्षी भनेको फरक दल होइन, अब यहाँहरुको प्रतिपक्षी भनेको शिक्षित एवं सकारात्मक चेत राख्न सक्ने सचेत युवाहरु हुन। सर्वपक्षीय हिसाबको सन्तुलन कायम राख्न सक्ने मिडिया हुन। युवाहरुले र मिडियाले फरक क्षमताको साथ रचनात्मक प्रतिपक्षीको भुमिका खेल्नेछौँ। त्यसैले सक्षम युवाहरु पहिचान गरेर सल्लाहकार एवं परिणाम ल्याउन सक्ने कोर टिम बनाएर लाग्नुहुन अनुरोध गर्न चाहन्छु।

३) कर्मचारी प्रशासनमा (प्रशासन, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र आदि…) क्षेत्रमा रहेको एउटा चाप्लुसी प्रवृत्तिलाई बेलैमा पहिचान गर्न सक्नुभएन भने तपाई आफैलाई जटिल परिस्थितिको सामना गर्नुपर्ने स्थिति नआउला भन्न सकिन्न।

प्रशासनिक र कार्यलय संचालन एवं खर्चलाई न्यूनीकरण गर्न सक्ने हो भने बिल्कुलै फरक पाटोको सुरुवात गर्न सकिने छ।

४) हामि सबैजना जो जहाँ भएपनी, जस्तो परिणाम आएपनि अब पालिकाको सन्तुलित विकासमा सङ्गै जोडिन पाउने छौ। त्यसैले आम मतदाता एवं नागरिकको एउटै चाह समृद्ध समाज, खुसी नागरिक नै हो। जसको लागि तपाईले भुई सम्मै पुग्ने किसिममा कार्यलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्नुहुन सुझाउन चाहान्छु। देख्दा सुन्दा कसैका सुझाव आवश्यकता नहोला जस्तो कर्मचारी वर्ग र पार्टीको सर्कल तपाईसङ्ग हुनेछ तर तपाईं त्यो घेरा भन्दा बाहिर निस्कन सक्नुभएन भने फरक परिणाम आउन सक्नेछैन।

५) यो बुझ्नेहरुको, डिजिटल, युवाहरूको युग हो। यसर्थ डिजिटल दुनियाँका युवाहरुलाई बुझाएर सन्तुलित विकास, समन्वय र दीर्घकालीन कार्यक्रम छनौटमा यहाको उल्लेख्य निर्णय क्षमताको प्रभाव देख्न पाईयोस। हामिलाई आमूल परिवर्तन होइन सन्तुलित किसिमको दीर्घकालीन सकारात्मक परिवर्तन चाहिएको हो।

६)मुसिकोट नगरपालिकामा नगरी नहुने तत्काल आवश्यकता:

  • सार्वजनिक शिक्षालाई व्यवहारिक रुपमै गुणस्तरीय पुर्णतः निशुल्क बनाउने आवश्यक कार्यक्रम।
  • रोजगार सिर्जनाको लागि /केही फरक काम।
  • कृषिमा आत्मनिर्भर बन्ने दीर्घकालीन योजना।
  • बसाई-सराई नियन्त्रणको निम्ति फरक कार्यक्रम।
  • युवाहरूको व्यावसायिक लगानिको सुरक्षा।
  • वैदेशिक रोजगारमा रहेका नेपालीलाई उत्पादनशील क्षेत्रमा लगानी भित्राउने वातावरणको प्रत्याभूत।
  • पुर्णतः प्लास्टिक फोहोर मुक्त मुसिकोट नगरपालिका।
  • एक व्यवस्थित सार्वजनिक पुस्तकालय निर्माणको निम्ति आवश्यक पहल/थालनी।
  • कार्यालय संचालन खर्चमा मितव्ययिता र अनुगमन।

७) नेपालमा राजनैतिक दलहरूले बदल्नै नचाहने सामाजिक चेतना र सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा तपाईको नेतृत्वले आमूल परिवर्तन ल्याउन सक्नुपर्छ। सामाजिक चेतना र सार्वजनिक शिक्षाको गुणस्तर सुधार बिना सन्सारका कुनै देश समृद्ध बनेका छैनन। यसर्थ यो कुराको बदलावको निम्ति म आफै पनि तपाईको टिममा बसेर परिवर्तन ल्याउन चाहान्छु।

कोहि बनोस या नबनोस,
देश बन्नु पर्छ/समाज बन्नुपर्छ।

युवाहरुको नेतृत्व क्षमता, मिडियाको प्रभाव र सचेत नागरिकको धरातल बुझेर बिना आवरणको नागरिक सेवक बनेर भुई मान्छेको अवस्था परिवर्तनको निम्ति तपाईको कार्यकाल सुखद रहोस् र परिणाम आओस। म चुनावमा जादैगर्दा जस्तो सुकै परिणाम आएतापनि मुसिकोटको सन्तुलित विकासको निम्ति सङ्गै जोडिनेछु, भुईमान्छे सङ्गै पुग्नेछु भनेर बाचा गरेको छु। यसर्थ यो सुझाव/अनुरोध र शुभकामना सङ्गै आफ्नो चुनावि प्रतिबद्धता पत्रको एउटा कपि पनि तपाईलाई उपलब्ध गराएको छु। जहाँ मैले देखेको मुसिकोट र भुईमान्छेले चाहेको मुसिकोटको बारेमा धेरै कुरा उल्लेख गरेको छु।

आगामी पाँच बर्षमा मुसिकोटलाई समृद्धि र विकासको तहमा कहाँ पुर्याउन सकिन्छ,रोजगार सिर्जना कसरी गर्न सकिन्छ भनेर उल्लेख गरेको छु। यहालाई सम्भव लाग्ने हरेक ब्यबहारिक कुरामा तपाईं लाग्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी पाँच बर्षमा तपाईको नेतृत्वमा भुईमान्छेको प्रतिनिधित्व हुनेगरी देशकै नमुना नगरपालिका बनाउने कुरामा म लागिपर्न प्रतिबद्ध छु। नगरपालिकाको विकासको निम्ति फरक किसिमको परिणामको निम्ति यहाँहरुसङ्गै हुनेछु,आवस्यकतामा सम्झिन सक्नुहुनेछ।
धन्यवाद!

विपिन विश्वास रायमाझी

मुसिकोट नगरपालिका-८, गुल्मी
भुईँमान्छेको नेतृत्व गरेर मुद्दा र एजेन्डाको राजनीति गर्न मुसिकोट नगरप्रमुखको प्रत्यासी पात्र।

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया