Hi-Speed Computer

Awareness Campaign

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ। नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै विद्युतिय चुलो खरिद र घरको बीमा गराउदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो।

प्राकृतिक विपत्तिबाट हुने आवासको क्षतिलाई राहत उपलब्ध गराउन गराउन घरको बीमा गर्ने व्यवस्था मिलाउने र बीमा बापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान गाउँपालिकाले दिने निर्णय गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए। ‘प्राकृतिक विपत्तिले विगतमा धेरै घरहरुको क्षति भएको छ, जसलाई बीमामार्फत केही राहत उपलब्ध गराउन सक्छौँ।’ अध्यक्ष पोखरेलले भने, ‘संविधानमा उल्लेख गरिएको आवासको अधिकार गाउँपालिकाले पुरा गर्दैछ।’

पहिलो बैठकबाट दलित परिवारका छोराछोरीलाई एस.ई.ई. पछिको तीन बर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने पनि निर्णय गरिएको छ। विभिन्न कारणले आमा–बुवा नभएको २० जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरिएको पालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिइन्।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया