Awareness

रुरु क्षेत्रको पहिलो निर्णय: न्युनतम विद्युत महशुल नि:शुल्क

खबर

Place for ads

टोपलाल अर्याल, गुल्मी: रुरु क्षेत्र गाउँपालिकाले पहिलो निर्णय रुरुक्षेत्र गाउँपालिका भित्रका प्रत्येक घरधुरीलाई न्यूनतम विद्युत महसुल नि:शुल्क गर्ने निर्णय गरेको छ। केहि समयमै सबैको लगत संकलन गरेर निर्णय कार्यान्वयनमा लैजाने गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिए।

पद तथा गोपनियताको सपथ लिए लगत्तै पद भार ग्रहण गर्दै ज्ञवालीले गाउँपालिकाभित्रका सम्पुर्ण घर धुरीको न्युनतम विद्युत महशुल नि:शुल्क गर्ने निर्णय गरेका हुन्।

Get Vaccinated

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा माओबादीकी मिनादेवी ज्ञवाली विजयी भएका हुन्।

गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका ज्ञवालीले ५ हजार १८७ मत प्राप्त गरि बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिमाल कुमार श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरेका थिए । ज्ञवालीले श्रेष्ठले भन्दा १ हजार २७७ बढी मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्।

त्यस्तै गाँउपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मिनादेवी गौतमले ५ हजार ४५१ मत प्राप्त गरि बिजयी भएकी हुन्। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दुर्गा ज्ञवालीले जम्मा ४ हजार ६४६ मत प्राप्त गरे । गौतमले ज्ञवालीले भन्दा ८०५ मत धैेरै प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *