Awareness

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल-तम्घास, भ्रष्टाचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

खबर राजनीतिका खबर स्थानीय निर्वाचन-२०७९

Place for ads

टोपलाल अर्याल, गुल्मी: रेसुङ्गा नगरपालिका नवनिर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको सपना समेत देख्न नपाउने बताए। पन्थीले नगरको विजयी सभालाई संबोधन गर्दै आफु कुनै पनि लाभको लागि निर्वाचित नभएकाले राज्यश्रोतको दुरुपयोग गर्ने कसैलाई नछोड्ने बताए। उनले विजय सभामा आफ्नो पहिलो काम विपन्नहरुको जीवनस्तर उकास्ने रहेको बताए।

त्यस्तै सालझण्डी–दुर्गाफाँट–खज्र्याङ–तम्घास सडक कालोपत्रे गरेर वुटवलदेखि तम्घास ढाई घण्टामा आउने अवस्थाको सृजना गर्ने प्रतिवद्धता जनाए । रेसुंगा बहुमुखी क्याम्पसलाई गुणस्तरिय शिक्षाको हब र महेन्द्र तथा सिद्धबाबा जस्ता बिद्यालय नगरका गाउँ–गाउँमा पुराउने पन्थीले बताए । त्यस्तै पन्थीले गुल्मी अस्पताललाई मेरा अस्पताल बनाउने, बेरोजगार युवाहरुलाई उद्यमसंग जोड्न नगरबाट बिना धितो १० लाखसम्म कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

Get Vaccinated

प्रतिपक्षप्रति इंगित गर्दै अव कुनै पनि नागरिक दलको आस्थाका कारण मैले सिफारिस पाइन भनेर रुँदै हिँड्ने दिनको अन्त्य भएको पन्थीले बताए। उनले निर्वाचनमा सहयोग गर्ने सवैलाई आभार प्रकट गर्दै पक्ष एवं प्रतिपक्षसंग सहकार्य गर्दै सुन्दर रेसुंगाको सपना पुरा गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *