Hi-Speed Computer

Awareness Campaign

किन बागलुङको बडिगाडमा शुरु भएन मतगणना?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बडिगाड गाउँपालिकामा मतगणना रोकिएको छ। बडिगाड गाउँपालिका-४, गुफा आधारभूत विद्यालयमा पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि मतगणना रोकिएको हो। गाउँपालिकाकी निर्वाचन अधिकृत सीतादेवी सुवेदीले सर्वदलीय बैठक बस्न नसकेका कारणले आज मतगणना सुचारु गर्न नसकिएको जानकारी दिइन्।

‘बिहान १० बजे सर्वदलीय बैठक डाकिएकोमा एमाले पक्षबाट उपस्थित नभएपछि आज मतगणना रोक्न परेको छ,’ उनले भनिन् ‘भोलि बिहान ६ बजे सर्वदलीय बैठक राखेर मतगणना गछौं ।’ उनका अनुसार त्यहाँ भएको गतिविधिबारे सुरक्षा र कर्मचारीबाट प्रतिवेदन आइसकेकाले भोलि मात्रै निर्णय गर्ने जानकारी दिइन् ।

‘सुरक्षाकर्मी र कर्मचारीबाट त्यहाँ भएको क्रियाकलापको प्रतिवेदन प्राप्त भएको छ’, उनले भनिन् –‘भोलि बिहान ६ बजे आवश्यक निर्णय हुन्छ, भोलि बिहान तपाईंहरूलाई बोलाउँछु ।’

Forest
Forest
Ad.

यस्तै नेकपा एमाले बडिगाड गाउँपालिकाका अध्यक्ष कमलराज अचार्यले गुफा आधाभूत विद्यालय मतदान केन्द्रमा ज्याजती भएकाले छलफलपछि मात्रै मतगणनामा सहभागी हुने बताए।

‘हिजो दिउँसो ३ बजे गठबन्धनबाट ज्याजती भएपछि हाम्रा साथीहरू हिड्नुभएको रहेछ,’ आचार्यले भने ‘ त्यहाँको घटनाको विषयमा छलफलका लागि १ बजे निर्वाचन अधिकृतको कार्यालयमा गयौं आवश्यक छलफल हुन सकेन भोलि बिहान ६ बजेको बैठकमा जान्छौं।’

निर्वाचन अधिकृतको कार्यालयले साँझ ६ बजे सर्वदलीय बैठक डाकेपनि नेकपा एमालेका प्रतिनिधिहरु उपस्थित हुन नसक्दा भोलि बिहानलाई बैठक सारिएको अधिकृत सुवेदीले जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया