Clean Water Campaign

Awareness Campaign

गुल्मीमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री तथा सेवन गर्न निषेध



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेका अनुसार यही वैशाख २७ गते देखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना जारी गर्दै मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको जनाएको हो।

Forest
Forest
Ad.

उक्त सुचनाको बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया