Smoking Causes Cancer

मुसिकोट नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मात्रै २ जना



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरुले आफ्ना उम्मेदवारहरु घोषणा गरिरहेका छन्।

वडा देखि पालिका तहमा उम्मेदवार टुंगो लगाउने चटारो यतिबेला राजनैतिक दलमा परिरहेको छ। गुल्मीको मुसिकोट नगरपालिकाको नगरप्रमुख पदका लागि पनि विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारी घोषणा भईरहेको छ।

यसैबीच नगरप्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी मात्रै २ जनाले घोषणा गरेका छन्। केही समय अगाडी २४ वर्षीय युवा विपिन विश्वास रायमाझीले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। भने उनी चुनावी प्रचार अभियानमा पनि लागेका छन्।

सिंचाई
Forest
Ad.

बिहिवार पुनः अर्को स्वतन्त्र उम्मेदवारी घोषणा भएको छ। नगरप्रमुख पदमा परियार उत्थान मञ्चले आफ्नो संस्थाको तर्फबाट स्वतन्त्र उम्मेदवार घोषणा गरेको हो।

मञ्चका सचिव अर्जुन परियारले नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। नगरपालिका भित्र रहेका सम्पूणर् परियार बन्धु र समग्र दलितहरुको हकहीतका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको परियारको भनाई छ।

मुसिकोट नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट हरिनारायण सापकोटा, नेकपा एमालेको तर्फबाट जीवन खरेलको उम्मेदवारी घोषणा भईसकेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया