Smoking Causes Cancer

ढोरपाटनमा पिकअप जिप दुर्घटना,एकजना घाइते



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

ओझेलका खबर,बागलुङ:-बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ९ मा पिकअप जिप दुर्घटना भएको छ।ढोरपाटनबाट बुर्तिबाङ आउदै गरेको लु १ ज ४३४८ नम्बरको पिकअप जिप वडा नम्बर ९ सुकुरदुङमा दुर्घटना हुदा ढोरपाटन नगरपालिका ७ कि ६० वर्षीया मनसरा थापा घाइते हुनुभएको छ।

घाइते थापाको टाउकोमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय बुर्तिबाङ का प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभएको छ।प्रहरीको अनुसार गाडीको ब्रेक फेल भएर भित्तामा ठोकिँदा दुर्घटना भएको हो।

पिकअप चालक ढोरपाटन नगरपालिका ६ का ३८ वर्षीया कुल बहादुर अदैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया