Smoking Causes Cancer

रेडियो ढोरपाटनद्वारा चैत्र पन्ध्र देखि पाँच दिने पत्रकारिता तालिम सञ्चालन हुने



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ मा रहेको बुर्तिबाङ क्षेत्र कै पहिलो सामुदायिक रेडियो,रेडियो ढोरपाटन एफ एम १०४.१ मेगाहर्ज ले पाँच दिने पत्रकारिता,रेडियो उद्घोषण तथा प्राबिधिक तालिम सञ्चालन गर्ने भएको छ।रेडियो ले आगामी चैत्र १५ गते देखी १९ गते सम्म पाँच दिने तालिम सञ्चालन गर्ने भएको छ।

पत्रकारिता रेडियो उद्घोषण तथा प्राबिधिक तालिममा सहभागी हुने उत्कृष्ट लाई रेडियोमा रोजगारीको व्यवस्था पनि गरिएको छ।उत्कृष्ट लाई बजार प्रतिनिधि,पालिका प्रतिनिधि र प्राबिधिक रुपमा रोजगारी दिइने छ।

तालिम को सहजीकरण भने नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङ ले गर्ने भएको छ।

सिंचाई
Forest
Ad.

तालिम लिन चाहानुहुनेले रेडियो ढोरपाटन एफ एम १०४.१ मेगाहर्जको कार्यालय ढोरपाटन नगरपालिका १ बुर्तिबाङ र स्टेशन म्यानेजर छबिलाल पाण्डे लाई सम्पर्क गरि तालिमको बारेमा बुझ्न सक्नुहुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया