Salime Malika Krishi Farm

Awareness Campaign

चुनावको मुखैमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष एमाले प्रवेश



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर एमालेमा प्रवेश गरेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा उनले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर जितेका थिए । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो।

मंगलबार बुर्तिबाङमा आयोजित राष्ट्रिय युवा संघको ढोरपाटन नगरस्तरीय भेलामा पुनसहित कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समबहादुर अदै, मिलन अदै, मदन घर्ती लगायत एमालेमा प्रवेश गरेका छन् । सोही कार्यक्रममा माओवादीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी निरुता घर्ती मगरसहित एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरुलाई एमालेका गण्डकी प्रदेश कमिटी सदस्य तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले स्वागत गरेका थिए । पुनले आफु र मेयर नेपाली बिच विगत डेढ वर्षदेखि पार्टी प्रवेशको तयारी रहे पनि आफनो पद गुम्ने खतराका कारण पार्टी प्रवेश नगरी अहिले मात्रै प्रवेश गरेको बताए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया