Awareness

Get Vaccinated

पर्यटकको आकर्षणको केन्द्र बन्दै गुल्मीको टिमुरे ताल



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

शिवलाल सुवेदी, गुल्मी: जिल्लाको टिमुरे ताल पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। चन्द्रकोट गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको टिमुरे तालमा पछिल्लो समय दृश्यावलोकन गर्न, आनन्द लिन र वनभोज खानका लागि आउनेहरुको सङख्यामा बृद्धि भएको हो। टिमुरे ताल लामो समयदेखि प्रचार प्रसारको अभावमा ओझेलमा परेको भएपनि पछिल्लो समयमा भने घुम्न तथा वनभोजका लागि आउनेहरुको संख्यामा वृद्धि भएको ताल सरक्षण समितीले जनाएको छ।

स्थानीय सरकारले पनि टिमुरे तालको सरक्षण र यहाँसम्म पर्यटकहरु भित्राउनका लागि पहल गदै आएपछि अहिले तालसम्म पुग्ने मानिसहरुको सख्यामा निकै वृद्धि भएको समितीले जानकारी दिएको हो । समुन्द्री सतहदेखि २ हजार मिटरभन्दा अग्लो उचाईमा रहेको टिमुरे ताल जिल्लाकै तेस्रो अग्लो भाग समेत हो।

अग्लो र शान्त वातावरणमा रहेकाले पनि पछिल्लो समय मानिसहरु यहाँसम्म आउने गरेका छन । नेपालमै बिरलै रुपमा भेटिने करिव २ हजार मिटरको उचाईमा झण्डै ४ रोपनी क्षेत्रफल जग्गामा फैलिएको प्राकृतिक ताल टिमुरेको अर्को विशेषता हो।

जुन तालमा कुनै पानीको मुहान र अन्य स्रोत बिना नै हिउँद बर्षा जुनसुकै समयमा पनि तालमा पानी प्रसस्तै हुने गरेको छ । पानीको मुहान विनै तालमा सधै पानी हुनाले पनि मानिसहरुको यसको अध्ययन अवलोकन गर्न आउछन । पछिल्लो समयमा मानिसहरु घुम्न आउन थालेको टिमुरे ताल सरक्षण तथा विकास समितीका एक सदस्य बल बहादुर नेपालीले बताए । अग्लो स्थानमा हेर्न लायक ताल भएपनि ओझेलमा परेको थियो नेपालीले भने“ पछिल्लो समयभने यहाँ मानिसहरु बनभोज खान, विभिन्न स्थानहरुको अवलोकन गर्नका साथै ताले हेर्न आउन थालेका छन ।”

उनका अनुसार पहिले खानेपानीको व्यवस्था नभएकाले पनि मानिसहरु तल्लो भेगमा मात्र बनभोजका लागि आउने गर्दर्थे । तर अहिले भने खानेपानी तथा सरसफाई डिभिजन कार्यलय गुल्मीले बर्षातको पानी सकंलन गर्नका लागि घैटो निमार्ण गरिदिएपछि खानेपानीको राम्रो व्यवस्था भएकाले मानिसहरु माथील्लो भागमा समेत बनभोज खान र घुम्न आउन थालेका हुन । सदस्य नेपालीका अनुसार पुस र माघ महिनामा बनभोजका लागि मानिसहरु बढी आउने गरेका छन् ।

अझै यस तालको उचित प्रचार प्रसार र विकास हुन सकिरहेको छैन । यहाँ बिभिन्न भौतिक सरचंनाहरु भ्युटावर, पानी पर्दा पनि बनभोज खाने स्थान,बगैचा, बाल उद्यानहरु निमार्ण हुने हो भने यहाँको बल्ल विकास हुने नेपालीको भनाई रहेको छ । पछिल्लो समय छत्रकोट गाउँपालिकाले टिमुरे तालको विकासमा विशेष चासो राखेको जनाएको छ । गनाउँपाकिला प्रमखु द्रोण खत्रीका अनुसार गाउँपाकिलाको प्रमुख पर्यटकीय क्षेत्रकै रुपमा रहेकाले आफुहरुले विशेष रुपमा यसको पर्यटकीय विकासमा लागिको बताए । पहिलेभन्दा मानिसहरु धेरै तिमुरे ताल पुग्ने गरेका छन अध्यक्ष खत्रीले भने“ यसको राम्रो प्रचार–प्रसार र विकास गर्न सकेमा ताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिने प्रचुर सम्भावना रहेको छ।”

Awareness by SKF

मानिसहरु बनभोज गर्न र दुश्यवलोकन गर्न आउनेहरु बढीरहेकाले यहाँ विभिन्न भौतिक सरचनाहरु निमार्ण गर्न आवश्यक रहेको बताए। उनका अनुसार टिमुरे तालको विकास र पर्यटन भित्राउदाँ चन्द्रकोट गाउँपालिकाको मात्रै विकास नभएर जिल्लाकै विकास समेत हुने भएकाले यसको विकासमा जिल्लाकै चासो आवश्यक रहेको बताए ।

स्थानीय सरकारको एकल प्रयासले मात्र यहाँको विकास र प्रचार प्रसार हुदैन अध्यक्ष खत्रीले अगाडि थपे“ यहाँ भौतिक सरंचना निमार्ण गरेर मानिसहरु एकदिन पनि तालमै वस्ने अवस्था सृर्जना गर्नुका साथै देश बिदेशमा प्रचार प्रसार गर्ने हो भने टिमुरे तालको मात्र नभएर गुल्मी जिल्लाकै विकास र प्रचार प्रसार हुन्छ ।” जिल्लाको सदरमुकाम तम्घासबाट झण्डै ४५ किलोमिटरको दुरीमा रहेको टिमुरे तालसम्म पुग्नका लागि अहिले मोटरबाटो समेत पुगेको छ ।

टिमुरे तालसम्म पुग्नका लागि अहिले सानाठुला सवै प्रकारका सवारी साधनहरु सजिलै पुग्न थालेका छन । शान्तिपुर वजारसम्म ग्राभेल सडक निमार्ण भैसकेको छ भने तिमुरेसम्म पर्यटकहरु सजिलै पुग्न सकुन भन्ने उद्देश्यले शान्तिपुरवाट सजिलो कच्ची सडक निमार्ण गरिएको छ । मौसम खुलेको समयमा लामो हिमश्रृंखला, नेपालमै पहिलो कफी खेती सुरु गर्ने आँपचौर गाउँ, बाइसे ,चौबिसे राजाहरुले राज्य गरेको ऐतिहासिक चन्द्रकोट क्षेत्र, नागबेली पर्दै बगेको बडिघाट खोलासंगै जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ का अधिकांश भागहरुको दृश्यावलोकनका लागि समेत टिमुरे ताल उपयुक्त माध्यम बनेको छ।

स्थानीयले टिमुरे तालसगै यहाँ रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास र प्रचार–प्रसार गर्न २ बर्ष अगाडि टिमुरे महोत्सवको समेत आयोजना गरेका थिए। उनीहरुले यसको प्रचार प्रसार र विकासमा सरकारले पनि चासो राख्नुपर्ने बताएका छन् । प्रशिद्ध चन्द्रकोट, दिव्रुङ्ग, चक्रेश्वर जस्ता एतिहासिक एवम धार्मिक पहिचान बोकेको र टिमुरे ताल, दह ताल, अर्जेवाको प्राकृतिक झरना साथ साथै थुप्रै नदीनाला, वनजंगल, प्राकृतिक सम्पदा, हुग्दी खोला हाइड्रोपावर विकासका परियोजना जस्ता सौन्दर्य यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रहरु रहेका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया