Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा विवाहको खर्च कटौती गरी विद्यालयलाई अक्षय कोष



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीका एक जोडीले आफुहरुको विवाह खर्च कटौती गरि विद्यालयलाई ५० हजार भन्दा बढिको अक्षय कोष स्थापना गरेका छन्।

जिल्लाको चन्द्रकोट गाउँपालिका-१, साराङ्ग निवासी नवराज खरेल र गुल्मीकै रुरुक्षेत्र गाउँपालिका, बलेटक्सार विधा खड्काले आफ्नो विवाहको खर्च कटौती गरि साराङ्ग कै शारदा माध्यमिक विद्यालयमा ५० हजार १०१ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

शुक्रबार खरेलले शारदा माविका प्रधानाध्यापक रामप्रसाद अर्याललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए। खरेल त्यस विद्यालयमा पुर्व विद्यार्थी हुन्। आइ टि एफ तेक्वान्दो अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय खेलाडी तथा खेल शिक्षक रहेका खरेलले त्यस विद्यालयको खेलकुद र स्काउटको विकासका लागि आफुहरुको विवाह खर्च कर्टौती गरि अक्षयकोषको स्थापना गरिएको बताए।

Forest
Forest
Ad.

२०६४ देखि खेलकुद क्षेत्रमा क्रियाशील खरेल अहिले लुम्बिनी प्रदेश आइ टि एफ तेक्वान्दोका सचिव र डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन।

पछिल्लो समय तेक्वान्दो विश्व प्रतियोगिता दक्षिण पुर्बी युरोपको बुलगेरियामा सम्पन्न भएको खेलमा नेपालको तर्फबाट उनि सहभागी भएका थिए उनकी बेहुली बिधा खड्का रुरुक्षेत्र गाउँपालिकाकी स्काउट बिपत व्यवस्थापन आकस्मिक उदारकर्ता हुन।

त्यो जोडीले विवाहमा उपहार स्वरुप शारदा माध्यामिक विद्यालका शिक्षक विद्यार्थीहरुलाई १५ सय थान सर्जिकल मास्क समेत हस्तान्तरण गरेका थिए। विवाह भोजमा सिमित निम्तालु र सादा खाना थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया