Smoking Causes Cancer

मुसिकोट कांग्रेसको नगर सभापतिमा श्रेष्ठ सहित यी हुन निर्वाचितहरु



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

तम्घास , असोज – ८ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मीको मुसिकोट नगर कार्यसमिति निर्वाचित भएको छ। नगर सभापतिमा आनन्द श्रेष्ठ चयन भएका छन्।

नगर कार्यसमितिको उपसभापतिमा गुप्तबहादुर कार्की र भुमा गुरुङ तथा सचिवमा योगेन्द्र खरेल चयन भएका छन्। सहसचिव र कोषाध्यक्ष पद कार्यसमितिको बैठकले पछि मनोनयन गर्ने बताइएको छ।

नवनिर्वाचित सभापति श्रेष्ठका अनुसार अधिवेशनले २१६ जना क्षेत्रीय प्रतिनिधिसमेत छनोट गरेको छ।

सिंचाई
Forest
Ad.

नगर कार्यसमितिका सदस्यहरूमा सोमबहादुर राना (वडा नं. १), संगीता कुवर पाण्डे (वडा नं. १), यमुना कार्की (वडा नं. २), किरण खत्री (वडा नं. २), गुमा खरेल (वडा नं. ३), घनश्याम भण्डारी (वडा नं. ३), सिता सिंह (वडा नं. ४), रुद्र केसी (वडा नं. ४), बालकुमारी खरेल (वडा नं. ५), युवराज भण्डारी (वडा नं. ५), शेरबहादुर रायमाझी (वडा नं. ६), सर्जना कक्षपति (वडा नं. ७), द्रोणबहादुर सापकोटा (वडा नं. ७), मिना खत्री (वडा नं. ८), केशर रायमाझी (वडा नं. ८), लक्ष्मी सापकोटा (वडा नं. ९) र टिकाराम खरेल (वडा नं. ९) रहेका छन्। त्यस्तै युवा/खुल्ला सदस्यतर्फ बसन्तबहादुर महत र गोपालबहादुर खत्री चयन भएका छन्।
ओझेलका खबर
छिटो भ्युज होइन–खोज।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो