Smoking Causes Cancer

नेपालगञ्जमा हवाई फायर गरी १०३ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ



ओझेलका खबर
३० मिनेट अगाडि


Place for ads

नेपालगन्ज भारतबाट नेपालतर्फ लागु औषध खैरो हेरोइन भित्र्याउँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले हवाई फायर र गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

​लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ स्थित सीमा क्षेत्रबाट २४ वर्षीय भारतीय नागरिक नदिम राईलाई पक्राउ गरेको हो।

प्रहरी कारबाही र घटनाको विवरण
लागु औषध नियन्त्रण ब्युरोका अनुसार असोज ६ गते राती १०:४५ बजेको समयमा भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राईलाई शंका लागी रोक्न खोज्दा भागिएका थिए। प्रहरीले चेतावनी स्वरुप २ राउन्ड हवाई फायर गर्दा पनि नरोकिएपछि उक्त मोटरसाइकलको टायरमा २ राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो।
बरामद सामाग्रीहरू:
-​लागु औषध: खैरो हेरोइन १०३ ग्राम ७९० मिलिग्राम

सिंचाई
Forest
Ad.

-​सवारी साधन: भारतीय नम्बरको UP40J0657 मोटरसाइकल (१ थान)

-​अन्य: मोबाइल (१ थान)

पक्राउ परेका व्यक्ति:
नाम: नदिम राई

उमेर: २४ वर्ष

Awareness by SKF

ठेगाना: चकिया रोड, रुपैडिया थाना, बहराइच जिल्ला, उत्तर प्रदेश (भारत)

​पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्युरोका सह-प्रवक्ता प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिएका छन्।

लागु औषध (नियन्त्रण) ऐन २०३३ अनुसार बरामद भएको परिमाणको खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैद र ५ लाख रूपैयाँदेखि २५ लाख रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ। 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो