Hi-Speed Computer

Awareness Campaign

गुल्मीको इस्मामा चितुवाको आक्रमणबाट एक घाइते, एक वर्षमा १० बाख्रा र २ कुकुर खायो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-१, हस्तिचौर उजुङका खेतबहादुर कुँवर शनिबार बिहान गोठको घाँसपात सकेर बाख्रा घाममा सार्ने तरखर गर्दै थिए। गाउँमा चितुवा आएको हल्लाखल्ला भयो। हल्लाखल्ला सुनेर उनी घरमाथि निस्किए। उनले चितुवा दौडिएको देखे। चिच्याएर छिमेकी गुहारे, प्रहरीलाई फोन पनि गरे। चितुवा खरबारीतिर पस्यो।

केहीबेरमा करिब ७०-८० जना स्थानीय भेला भए। चितुवा कतै देखिएन । गाउँले फर्किनेबित्तिकै कुँवरलाई चितुवाले झम्टियो । चितुवाको आक्रमणबाट कुँवरको दाहिने हात दुई ठाउँबाट भाँचिएको छ भने छातीमा पनि चिथोरेको छ । चितुवाको आक्रमणमा परेर घाइते भएपछि उनलाई गुल्मी अस्पताल लगियो ।

चितुवाले टोकेर कुँवरको हातको दुई ठाउँमा हड्डी नै फुटेको र छातीमा समेत समस्या देखिएकाले पाल्पा रेफर गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । अहिले उनको पाल्पाको मिसन अस्पताल उपचार भइरहेको छ । हातको घाउ निको भएपछि पुन: अप्रेसन गर्नुपर्ने भएको छ ।

Forest
Forest
Ad.

पशुचौपायापछि मान्छेमा आक्रमण

चितुवाले कुँवरलाई मात्र आक्रमण गरेको छैन, एक वर्षभित्र उनका आठ माउबाख्रा, दुई बोका र दुई कुकुर पनि खाएको छ । घर, खरबारी र जंगलमा चितुवाले पशुचौपाया मार्न थालेपछि कुँवर परिवार विक्षिप्त भएकाे छ । अहिले मानिसलाई नै आक्रमण गरेपछि गाउँमा नै त्रास फैलिएको छ ।

न त राहत,न त विकल्प

कुँवर परिवारले लामो समयदेखि गाउँमा कृषि र पशुपालन गरिरहेको छ । पशुपालन पुर्खौली पेसा र जग्गा जमिन गाउँमा भएकाले तत्काल गाउँ छोड्न नसकिएको पीडित खेतबहादुरले बताए । घरमा चौरासी पुगेकी आमा र कुँवरदम्पती छन् । छोराहरू अध्ययनका लागि बाहिर छन् । आफ्नाे अरू आर्थिक स्राेत नभएका कारण गाउँमै बाख्रा पालन र कृषि गरिरहेको कुँवरले बताए ।

Awareness by SKF

चितुवाले निरन्तर पशुचौपायासहित मान्छेमा नै आक्रमण गर्न थाल्यो । पटक–पटक बाख्रामा आक्रमण गरेपछि कुँवर आफू घाइते हुने दुई दिनअघि गाउँपालिका र प्रहरीचौकीमा पुगेका थिए । तर, दुवै ठाउँबाट प्रमाण खोजेपछि कुँवर निराश भएर घर आए । ‘चौकी र पालिकाबाट प्रमाण खोइ भने । मैले चितुवाले खाएको प्रमाण के पेस गरौँ,’ उनले भने, ‘अहिले म आफैँ चितुवाको मुखमा परेर बाँचेँ ।’

इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले वन कार्यालयले चितुवाले आक्रमण गरेको प्रमाण खोजेर किसानलाई दु:ख दिइरहेको बताइन् । उनले चितुवाले पशुचौपाया लगेर गएपछि फोटो खिच्न पछिपछि दौडन नहुने भएकाले किसान मारमा परेकाले कार्यविधि सच्याउनुपर्नेमा जोड दिइन्। निष्पक्ष खबर डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया