Awareness

Get Vaccinated

गुल्मीको मुसिकोटमा रोकिराखेको स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको मुसिकोटमा एम्बुलेन्समा आगलागी भएको छ। मुसिकोट नगरपालिका-४, बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी भएको हो।

अज्ञात पक्षले लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगो लगाइदिएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिए। एम्बुलेन्स भारतीय भुतपूर्व सैनिकको सहयोगमा स्वास्थ्यचौकीले संचालन गरिरहेको थियो। मुसिकोट-४, डाँडाथोक स्थित घर अगाडि रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको बगालेले बताए।

आगलागी भएको केहि बेरमा स्थानीयले आगो निभाएका थिए। आगलागीबाट एम्बुलेन्सको अगाडीको भाग पुरै जलेको छ। विगत तीन वर्षदेखि एम्बुलेन्स चलाएका बगालेले कोहि कसैसँग रिसिइवी नभएको र कसले आगो लगाए भन्ने विषयमा अनभिज्ञ भएको बताए। वामी प्रहरीचौकी इन्चार्ज प्रहरी नायव निरिक्षक जनक थापाले केहिबेरमा घटनास्थल जाने बताएका छन्।

आफुलाई रातिनै सूचना प्राप्त भएपनि स्थानीयले आगो नियन्त्रणमा लिइसकेकाले अब केहिबेरमा घटनास्थल पुग्ने थापाले जानकारी दिए। संयुक्त एम्बुलेन्स संचालन संघका सचिव युवराज बस्नेतले पछिल्लो समय एम्बुलेन्स चालकहरु असुरक्षित हुँदै गएको बताए।

उनले चालक कुटिनेदेखि एम्बुलेन्समा आगलागी हुने स्थिति आएकाले सरकारले आफुहरुको सुरक्षामा हेलचेक्र्याइँ गरे कडा प्रतिवाद गर्ने चेतावनी दिए। घटनाको सत्यतथ्य बाहिर ल्याएर संंलग्नलाई कडा कारवाहीको माग बस्नेतले गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया