Awareness

श्रीमान र छोरा बितेपछि बेसहारा मुसिकोटकी आमालाई सहयोग

खबर

Place for ads

सागर भण्डारी, गुल्मी: श्रीमान र छोराको मृत्युपछि बेसहारा बनेकी मुसिकोटकी एक आमालाई सहयोग हस्तान्तरण गरिएको छ। श्रीमान र छोरा दुवैको निधन पछि आर्थिक अभाव संगै बेसहारा बनेकी मुसिकोट नगरपालिका वडा नं २ निवासी डल्ली परियारलाई सहयोग हस्तान्तरण गरिएको हो।

छोराको ७ वर्ष अगाडी भीरबाट लडेर मृत्यु भएपछि बुहारी समेत ३ बालबच्चा छोडेर अन्तै पोईला हिँडेपछि डल्लीलाई कमाएर दिने कोही छैन्। उनको बिहान बेलुका छाक टार्न समेत मुस्किल अवस्था रहेको छ।

Get Vaccinated

आफैले पनि केही गर्न नक्सने ७५ वर्षीय परियार अहिले तिनै मृतक छोराका २ नाति र १ नातिनी सगैं बस्दै आएकी छिन्। घरमा दैनिक जीवनयापनमा समेत कठिनाई भईरहेको अवस्थामा ती ससाना बालबालिकाहरुको पठन पाठनमा समेत समस्या भईरहेको थियो।

डल्ली परियारको यो अवस्थाका बारेमा जिटिभी नेपालका सञ्चालक सञ्चारकर्मी दिपक नेपालीले सघंर्षका कथा मार्फत भिडियो बनाएर युटुबमा राखेपछि सकंलित रकमबाट सहयोग स्वरुप खाद्यान्न, लत्ताकपडा र स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको हो। उक्त भिडियो हेरेपछि हाल अमेरीकामा रहनुभएका सहयोगी मनका धनी लिल बहादुर थापाले ३५ हजार रुपैयाँ सहयोग गनुभएको थियो।

सहयोगी लिल बहादुर थापा

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष लक्ष्मण खत्रीले सहयोगी थापा र परियारको अवस्थाको बारेमा रिपोर्टिङ गर्ने सञ्चारकर्मी नेपालीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले लिल थापा जस्ता सहयोगी मनहरुका कारण धेरै विपन्न, पीडित र असहायहरुको उद्धार पाएको बताउनुभयो। त्यस्तै आफु विदेशमा रहेरपनि स्वदेशमा रहेका आमा बुबाहरुको दुःखलाई आफ्नै परिवारको दुःख सम्झने थापा जस्ता व्यक्तिहरुको यो समाजलाई खाँचो रहेको समेत औँल्याउनुभयो।

कार्यक्रममा समाजसेवी व्यक्तिहरु तेज बहादुर महत, मिन बहादुर, केशव रायमाझी, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री, सञ्चारकर्मी दिपक नेपाली, सुरज नेपाली लगायतको उपस्थिति रहेको थियो।

Awareness by SKF

गुल्मीमा विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू गर्दै आइरहेको संस्था गुल्मी केयर विश्व सञ्जालले केही वर्ष अघि यस परिवारको घर निर्माण गरिदिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *