Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा आगलागीबाट २ पसल जल्दा करिब ३२ लाख रुपैँयाको क्षती



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पाेखरेल, गुल्मी: गुल्मीको धुर्काेट गाउँपालिका-४, बर्बाेटमा आगलागी भएको छ। गएराति एक बजेकाे समयमा बिन्दु बस्नेतकाे फेन्सी पसल र गाेमा भण्डारीकाे चियानास्ता बनाउने पसलमा आगलागी भएको हाे।

आगालागीबाट कुनै मानविय क्षति नभएपनि पसलभित्र रहेका सम्पूर्ण फेन्सि एवम् चिया-नास्ता बनाउने सामग्री जलेर पूर्णरूपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए। आगलागीबाट कुल ३२ लाखकाे क्षति भएको धुर्काेट प्रहरी चाैकी, वस्तुका प्रमुख लाेकमान ताम्राकारले बताए।

वस्तु प्रहरी चाैकी एवम् स्थानीयकाे सहयाेगमा करिब एक घण्टापछि आगाे नियन्त्रणमा आएकाे थियाे। आगाे कसले र किन एवम् कसरी लाग्याे भन्ने अझै खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी खरेलले बताए।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया