गोविन्द कंडेल, मुसिकोट, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
शंकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो। तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा शंकास्पद व्यक्तिहरुको परिक्षण गरिएको हो।
आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. ७ का २६ वर्षिय एक पुरुष र वडा नं. ७ कै ३९ वर्षिय १ महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारी गराएको छ। मुसिकोट नगरपालिकाले ९ वटा वडाका सबै स्वास्थ्यचौकीमा नै एन्टिजेन परिक्षणको सुविधा उपलव्ध गराएको छ।
बिरामीहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्बन्धित विभिन्न लक्षणहरू देखिएपछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको बताइएको छ। कोरोना भाइरसको तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा आज परिक्षण गरिएको हो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







