Awareness Campaign

गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गोविन्द कंडेल, मुसिकोट, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

शंकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो। तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा शंकास्पद व्यक्तिहरुको परिक्षण गरिएको हो।

आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. ७ का २६ वर्षिय एक पुरुष र वडा नं. ७ कै ३९ वर्षिय १ महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारी गराएको छ। मुसिकोट नगरपालिकाले ९ वटा वडाका सबै स्वास्थ्यचौकीमा नै एन्टिजेन परिक्षणको सुविधा उपलव्ध गराएको छ।

Forest
Forest
Ad.

बिरामीहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्बन्धित विभिन्न लक्षणहरू देखिएपछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको बताइएको छ। कोरोना भाइरसको तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा आज परिक्षण गरिएको हो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया