Salime Malika Krishi Farm

Awareness Campaign

सनराइज युवा क्लब जुग्जाखोलाले पायो नयाँ कार्यसमिति, अध्यक्षमा घर्ती



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

निसीखोला, बागलुङ: सनराइज युवा क्लब जुग्जाखोलाको नयाँ कार्यसमिति पुरा भएको छ। क्लबको आठ गते बसेको छलफल मार्फत नयाँ कार्यसमिति पुरा भएको हो। २०६५ साल मा दर्ता भइ सञ्चालनमा आएको क्लबको आज कार्यसमिति चयन गरिएको छ।

क्लबको नियम अनुसार १ जना अध्यक्ष, २ जना उपाध्यक्ष र एक एक जना सचिव, सहसचिव र कोषाध्यक्ष हुने नियम रहेको छ। यस अघि मान बहादुर केसी (भक्त) को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति रहेको थियो।

नयाँ कार्यसमितिमा भने १७ बाट घटाएर चिना घर्तीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ।

सिंचाई
Forest
Ad.

नयाँ कार्यसमिति अन्तरगत संयोजक प्रकाश शेरचन, अध्यक्षमा चिना घर्ती, उपाध्यक्ष द्वय तेजेन्द्र पौडेल र कृष्ण बहादुर घर्ती, सचिव सुरेश कुँवर र कोषाध्यक्ष लिला गौचन शेरचन चयन हुनु भएको छ।

त्यहाँबाट हामीलाई वर्तमान अध्यक्ष चिना घर्तीले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया