Smoking Causes Cancer

‘योगदान राष्ट्रको लागि’को गुल्मी शाखा गठन, अध्यक्षमा छेत्री



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सन्जय खनाल, गुल्मी: गुल्मीमा योगदान राष्ट्रको लागि नामक संस्थाको जिल्ला शाखा स्थापना भएको छ। गुल्मीमा केहि युवाहरु मिलेर सामाजिक एवं मानवीय कार्य गर्ने हेतुले संस्थाको जिल्ला शाखा स्थापना गरेका हुन्।

सो संस्थाको कार्य समिति पनि विधिवत रुपमा कार्यसमिति पनि गठन भएको छ। जसको अध्यक्षमा विवेक छेत्री, उपाध्यक्षमा सन्जय खनाल र करुणा पुन, सचिवमा कमल थापा, सह-सचिवमा बसन्ता पोखरेल र सन्दिप थापा तथा कोषाध्यक्षमा सुनिल थापा सहित १९ सदस्यीय टोलि आगामी ३ बर्षिय कार्यकालका लागि चयन भएका छन। त्यस्तै संस्थाको सल्लाहकारको रुपमा देवेन्द्र शाह, अशोक थापा, सन्तोष केसी र रेनुका श्रीष रहेको संस्थाका अध्यक्ष विवेक छेत्रीले जानकारी दिए।

“‘योगदान राष्ट्रको लागि’ संस्थालाई खोल्दै समाज सेवा गर्ने यहाँको युवावर्गको प्रयासलाइ के भन्न चाहनुहुन्छ?” भन्ने ओझेलका खबर डट कमको प्रश्नमा स्थानीय समाजसेवी हरिकृष्ण खत्रीले अहिलेका युवावर्गहरुलाई नेपालमै बस, विदेश नजाउ भनेको सराप जस्तो भएको र युवाहरु नेपालमा केहि गर्न सकिन्न भन्दै विदेश पलायन भइरहेका बेला युवा भाइबहिनीहरुले नेपालमै बसेर अनि समाजसेवा गर्ने सोंच लिनु उदाहरणीय काम रहेको बताए।

सिंचाई
Forest
Ad.

योगदान राष्ट्रको लागि गुल्मीको उदाहरण कुनै नौलो भने होइन। हाम्रो समाजमा पनि थुप्रै यस्ता मानिस अनि संघ संस्थाहरु छन जो कडा मिहिनेत र परिश्रम गरेर समाज रुपान्तरण गर्ने प्रयत्नमा अग्रसर छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया