Awareness

Get Vaccinated

आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ। गृह मन्त्रालयले आज शुक्रबार देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो।

यस्तै, सार्वजनिक स्थान (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन पनि भनेको छ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो।

गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ।

यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न पनि भनेको छ।

केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ। हराएको खोप कार्ड तीन तरिकाबाट लिनसकिने मन्त्रालयले जनाएको छ। यो खबर ज्योतिन्यूजबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया