Awareness

मनकारी थापाद्वारा मुसिकोटका कुमाललाई आर्थिक उपचारमा १ लाख सहयोग

खबर

Place for ads

सागर भण्डारी, गुल्मी: दुर्घटनामा परि बिस्तारामै थलिएका मुसिकोटका एक व्यक्तिलाई सहयोग हस्तान्तरण गरिएको छ। मुसिकोट नगरपालिका वडा नं. ३ निवासी पूर्ण बहादुर कुमाललाई स्वास्थ्य उपचारका लागि सहयोग हस्तान्तरण गरिएको हो।

करिब ८ वर्षअघि रोजगारीकोलागि भारतमा गएका कुमाल दुर्घटनामा परि गम्भीर घाईते भएका थिए। सामान्य उपचार पश्चात उनको उपचारको लागि पैसा नभएपछि उनलाई घरमै फर्काएर ल्याईएको थियो। अहिले उनको पिसाब नरोकिने समस्या रहेको छ।

Get Vaccinated

जसको निदानका लागि डाक्टरले पेटबाट पाईप लगाएर उनको पिसाब झिक्ने वैकल्पिक उपाय दिएका छन्। उपचार गरे निको हुने भएपनि आर्थिक अभावमा घरमै थलिएका ३५ वर्षीय उनको उपचारका लागि अप्रेशन गर्नुपर्ने र त्यसका लागि ठुलो रकम लाग्ने भएपछि कुमाल परिवारले सहयोगको याचना गरेका थिए।

उनीहरुको अवस्थाका बारेमा जीटिभी नामक युटुब च्यानलका सञ्चालक दिपक नेपालीले कार्यक्रम सघंर्षका कथा मार्फत भिडियो सामाग्री बनाएपछि सकंलित रकम एक कार्यक्रमका बीच पूणर्का बुबा ओम कुमाललाई हस्तान्तरण गरिएको हो।

घरको आर्थिक अवस्था अत्यन्तै नाजुक र अभिभावक रहेका बुबा पनि ७४ वर्षीय वयोवृद्ध भएकाले घरमा आर्थिक उपार्जन गर्ने माध्यम नभएपछि कुमाल परिवार चिन्तामा परेको थियो । एकातिर कमाएर केही गर्ला भनी आशा बोकेको छोरा विस्तारामै थलिनुको पीडा त अर्को तर्फ दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आईरहेका बुबाले पनि मजदुरी गर्न सक्न छाडेपछि उनीहरु अभावमा बाँचिरहेका थिए।

Awareness by SKF

दैनिक छाकटार्न पनि धौधौ भएको अवस्थामा विरामी छोराको उपचारको कल्पना समेत गर्न नसकेका कुमाल समुदायलाई सघंर्षका कार्यक्रम हेरेपछि हाल अमेरीकामा रहनुभएका समाजसेवी एवम् मनकारी व्यक्तित्व लिल बहादुर थापाले नगद १ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो। त्यस्तै क्यानडामा रहनुभएका नाङ्वाङ थार्चिङको पहलमा सकंलित २५ हजार र जिटिभि नेपालका सञ्चालक दिपक नेपाली स्वंयको तर्फबाट ८ हजार गरी ४० हजार बराबरको खाद्यान्न र बाँकी ८० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् मुसिकोटका समाजसेवी व्यक्तित्व हरिनारायण सापकोटाले यस क्षेत्रकै धेरै मानिसहरु अमेरीकामा रहेपनि समाजसेवा प्रति प्राय कमैको चासो नरहने गरेको भन्दै समाजसेवी लिल थापाको खुलेर प्रशसां गर्नुभयो। सापकोटाले सरकारले दुःखी र पीडितहरुको आर्थिक उपचार गर्न नसकेपनि थापा जस्ता मनकारी व्यक्तिहरु भगवान बनेर पीडितको मल्हम लगाउने काम गरेको बताउनुभयो। उहाँले भौगोलिक हिसाबले बाँके जिल्ला घर भएर पनि गुल्मेलीको पीडामा सहभागी भई सहयोग गरेकोमा आभार व्यक्त गर्दै यस्ता खालका सहयोगले अरुलाई पनि सहयोग गर्ने प्रेरणा मिलेको बताउनुभयो।

सहयोगी लिल थापा

त्यस्तै सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवीहरु झविलाल भण्डारी, मधु मल्ल, विष्णुराज भण्डारी, जनक खत्री, रविन्द्र केसी, सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, जिटिभि नेपालका सञ्चालक तथा समाजसेवी दिपक नेपाली लगायतको उपस्थिति रहेको थियो।

COVID-19

सहयोग रकम एवम् सामग्री ग्रहण गर्दै कुमाल परिवारले सहयोगी लिल बहादुर थापालाई धन्यवाद व्यक्त गर्दै आफ्नो अवस्थाका बारेमा जानकारी गराउने सञ्चारकर्मी नेपालीलाई धन्यवाद व्यक्त गरे। कार्यक्रम समाजसेवी अर्जुन केसीको अध्यक्षता एवम् सञ्चारकर्मी दिलु केसीको सञ्चालनमा सम्पन्न भएको थियो।

बाँके खजुरा गाउँपालिका वडा नं ६ घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी व्यक्तित्व लिल थापाले यस अघि पनि सघंर्षका कार्यक्रम मार्फत थुप्रै दुःखी पिडित र असहायहरुलाई सहयोग गर्दै आउनुभएको छ। उहाँले यस कार्यक्रम मार्फत २० लाख भन्दा बढी आर्थिक सहयोग गरिसक्नुभएको जिटिभी नेपालका सञ्चालक दिपक नेपालीले जानकारी दिनुभयो।

घरविहीनका घर बनाउने, आर्थिक अभावमा दैनिकी गुजारी रहेकाहरुलाई दैनिक जीवन यापनको बाटो देखाउन आर्थिक सहयोग गर्ने, अभिभावक विहीन बालबालिकालाई अध्ययन गर्नका लागि लगायत अन्य थुप्रै ठाउँमा उहाँले मन खोलेर सहयोग गर्नुभएको नेपालीले बताउनुभयो।

यो भिडिओ हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *