Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मेली गायक रामचन्द्र चन्दलाई उत्कृष्ट गायकको उपाधि प्रदान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: ‘वुमेन्स एरा मिडिया ग्रुप प्रा.लि’ नेपालको आयोजना गरेको ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करणमा लोक विधामा गुल्मेली गायक रामचन्द्र चन्दलाई उत्कृष्ट गायकको उपाधि प्रदान गरिएको हो।

राजधानीको बानेश्वर स्थित एभरेष्ट होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मङ्गलबार अवार्ड कार्यक्रम सम्पन्न भएको हो।

सिंचाई
Forest
Ad.

‘वुमेन्स एरा एण्ड मिडिया ग्रुप’ द्वारा आयोजना गरिएको सो अवार्ड समारोहमा लोक गायन तर्फ मैना गीतका लागि गुल्मेली गायक रामचन्द्र चन्दलाई उत्कृष्ट गायकको उपाधि प्रदान गरिएको हो।

लामो समयदेखि लोक गीत संगीतको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप उहाँलाई यो उपाधि प्रदान गरिएको हो। उहाँका स्वर तथा संगीत संयोजन रहेका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन्।

‘भाषा, साहित्य, कला, संस्कृतिका सर्जकहरुको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो अवार्ड समारोहमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीतका साथै साहित्यका विधामा पनि अवार्ड प्रदान गरिएको थियो। उत्कृष्ट पाँचबाट सर्वोत्कृष्ट छनोट भएका स्रष्टा कलाकारहरुलाई विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले अवार्ड प्रदान गर्नुभएको थियो।

Awareness by SKF

सञ्चारकर्मी दीपज्योति थापाले सहजीकरण गरेको सो अवार्ड समारोहमा वुमेन्स एराकी अध्यक्ष प्रतिमा राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया