Clean Water Campaign

Awareness Campaign

महेन्द्र आदर्श नमुना मा.वि.मा ने.वि.सं. ईकाई कार्यसमिति गठन, सभापतिमा सागर केसी निर्वाचितमहेन्द्र आदर्श नमुना मा.वि.मा ने.वि.सं. ईकाई कार्यसमिति गठन, सभापतिमा सागर केसी निर्वाचित



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीमा रहेको श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको ईकाई कार्यसमिति गठन भएको छ।

बुधबार नेपाल विद्यार्थी संघ मुसिकोट नगर कार्यसमितिकी सचिव जमुना कार्कीको अध्यक्षतामा सम्पन्न एक औपचारिक कार्यक्रमले श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा विद्यार्थी नेता सागर के.सी.को संयोजकत्वमा ५० सदस्यीय नयाँ ईकाई कार्यसमिति गठन गरेको हो।

जसको उप-सभापतिमा स्मृति कार्की र आशिष खत्री, सचिवमा बिबिशा भण्डारी र किशोर खराल, सह-सचिवमा प्रकाश आचार्य र प्रकृति भण्डारी, कोषाध्यक्षमा रजित रायमाझी निर्वाचित भएका छन्।

सिंचाई
Forest
Ad.

उक्त कार्यक्रमामा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पुर्ब जिल्ला कार्यसमिति सचिब हरिनारायण सापकोटले बिद्यार्थी जिवनमा राजनितिले पार्ने प्रभाव र यसको महत्वका बारेमा बिद्यार्थीहरुलाई प्रकास पार्नु भएको थियो ।

त्यसै गरि नेपाली काँग्रेस मुसिकोट ७ का सचिब बिबेक काफ्लेले नेपाल बिद्यार्थी संघका मुख्य नारा (राष्ट्रियता, लोकतन्त्र, समाजबाद र बिद्यार्थी एकता) का बारेमा बिद्यार्थीहरु माझ स्पस्ट पारेका थिए ।

त्यसै गरि नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पस ईकाई सभापति भुवन काफ्लेले संघको ईतिहास, ने.बि.संघले मुसिकोटमा अहिले सम्म गरेका काम र झण्डाको बिषयमा बोलेका थिए ।

बिद्यार्थी नेता एबम ने.का मुसिकोट नगर सदस्य सोलन शाक्य, नेपाली काँग्रेस मुसिकोट ७ का वडा सदस्य तथा ने.बि.संघ नेता सतिस बौद्दचार्य लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमाको सञ्चालन ने.बि.संघ मुसिकोट नगर सह-सचिव सुरज कार्कीले गरेका थिए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया