Salime Malika Krishi Farm

Awareness Campaign

बाल कमरेडहरु: अखिलले सम्पन्न गर्यो वामीका दुई ठूला शैक्षिक संस्थाहरुमा विद्यार्थी भेला



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: एमाले समर्थित विद्यार्थी संगठन अखिलले वामी टक्सारका दुई ठुला शैक्षिक संस्थाहरुमा विद्यार्थी भेला सम्पन्न गरेको छ।

रुद्रावति बहुमुखी क्याम्पस, मुसिकोट नगरपालिका, गुल्मीमा अनेरास्ववियुको क्याम्पस सम्मेलन सम्पन्न भएकाे हो। सम्मेलनले सन्देश रायमाझीको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ।

सिंचाई
Forest
Ad.

विद्यार्थीहरुको भेलामा नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले, जिल्ला कमिटी सदस्य नारायण सापकोटा, नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति गुल्मीका सचिव रामकृष्ण कंडेल, अखिलका केन्द्रीय सदस्य बिमल छन्तेल, युवा संघ मुसिकोटका सचिव सन्दिप खत्री, सागर खत्री लगायतको विशेष उपस्थिति रहेको थियो।

महेन्द्र आदर्श नमुना माविमा पनि कमिटी गठन
यसैगरी वामीटक्सारमा क. सचिना रानाकाे अध्यक्षतामा १५१ सदस्यीय महेन्द्र आदर्श नमुना माविमा अनेरास्ववियुको कमिटी गठन भएकाे छ। जसकाे उपाध्यक्षमा सन्देश सापकोटा, सीता खत्री, स्मृति कार्की, सचिवमा नारायण राना, वृहस्पति नेपाली, सहसचिवमा विजय सापकोटा र कोषाध्यक्ष रिजन परियार निर्वाचित हुनुभएकाे छ।

विद्यार्थीहरुको संगठन निर्माणको लागि अखिलका केन्द्रीय सदस्य बिमल छन्तेल, युवा संघ मुसिकोटका सचिव सन्दिप खत्री, विद्यार्थी नेता सागर खत्री लगायतको विशेष सक्रियता रहेको नेकपा एमाले मुसिकोटले जनाएको छ। युनिक खबर डटकममा यो खबर छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया