Salime Malika Krishi Farm

Awareness Campaign

ट्रक र बसले कारलाई ठक्कर दिँदा शाइन रेसुङ्गा बैंकका शाखा प्रमुख पाण्डेको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कपिलवस्तु: कपिलवस्तुमा ट्रक र बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते छन्।

गए राति ट्रक र बसले कार ठक्करलाई पालैपालो ठक्कर दिएको थियो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिका ४ दरखास्तमा भएको दुर्घटनामा वाणगंगा नगरपालिका १ पिपराका ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको छ।

कारमा सवार सुदीप खनाल र राजेश शर्मा पनि गम्भीर घाइते छन्। कपिलवस्तुको जितपुरबाट गोरुसिंगे जाने क्रममा: उनीहरू मंगलबार राति करिब १० बजे दुर्घटनामा परेका थिए। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको थियो।

सिंचाई
Forest
Ad.

पछि ना ५ ख ३३८७ नम्बरको बसले उक्त कारलाई ठक्कर दिएको थियो। कार पाण्डेले चलाएका थिए। कारलाई ठक्कर दिने ट्रक र बसको नम्बर खुलेको छैन।

पाण्डेलाई उपचारका लागि क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। पाण्डे शाइन रेसुङ्गा बैंक जितपुर शाखाको प्रमुख थिए भने कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन्। साथै घाइते दुई जनाको भने बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया