Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा विद्युत सट भएर घर र गोठमा आगलागी, ५० लाख बराबरको क्षति



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा एक घर गोठमा आगलागी हुँदा ५० लाख भन्दा धेरैको नोक्सानी भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका २ धागिथुमका ५५ वर्षीय गोपाल पन्थीको घर र गोठमा आगलागी भएको हो।

दुई तले कच्ची घर र गोठमा विद्युत सट भएर आगलागी हुँदा घर गोठ जलेर पुर्ण रूपमा नष्ट भएको छ। कुनै मानवीय र पशुचौपायको क्षति नभएको गुल्मी प्रहरीले जनाएको छ।

६ क्विन्टल मकै जौ ,२५ केजिका सात बोरा चामल,७ बोरा पशुदाना, भाडाकुडा ,चार ट्रली भैसिको घास,तीन ट्र्ली दाउरा,घर गोठ बनाउने काठ,लत्ताकपडा ,घर गोठको मुल्य गरी पचास लाख ७ हजार बराबरको क्षेती भएको बताईएको छ।

Forest
Forest
Ad.

साथै सोहि घरमा डेरा लिएर बसेकाहरुको पनि कपडा,खाद्यान्न तथा विभिन्न सामाग्री जलेर नष्ट भएको छ। गएराती करिब १:२० को समयमा आगलागी भएको थियो। आगो सग्रामशार्दुल गुल्मका नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३:३० बजे नियन्त्रणमा लिएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया