Salime Malika Krishi Farm

Awareness Campaign

मन्त्री झाँक्री गुल्मी आउने, रेसुङ्गा विमानस्थलकाे पनि अवलाेकन गर्ने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: शहरी विकास मन्त्री रामकुमारी झाँक्री गुल्मी आउने भएकी छिन। मन्त्री भएपछि दाेस्राे पटक गुल्मी आउन लागेकी झाँक्रीले जिल्लाका केही महत्त्वपूर्ण याेजनाहरुकाे अनुगमन, पार्टी कार्यालय उद्घाटन, जिल्ला युवा संघकाे भेलासंगै प्रतिनिधि सभा क्षेत्र नम्बर २ आफ्नो निर्वाचन क्षेत्र भ्रमण गर्ने कार्यक्रम रहेकाे जिल्ला पार्टी अध्यक्ष नरेशकुमार भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार मन्त्री झाँक्रीले जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रमहरुका साथै मदाने र धुर्काेट गाउँपालिका पार्टी भेलालाई समेत सम्वाेधन गर्ने कार्यक्रम रहेकाे बताए। मन्त्री झाँक्रीकाे गुल्मी जिल्ला भ्रमण पुस १४ गतेदेखि १७ गतेसम्म तय भएको छ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिव समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री गुल्मी आउने भएपछि जिल्लाका सबै पार्टी कमिटीहरु परिचालन भएको पार्टी जिल्ला ईन्चार्ज गणेश खनालले जानकारी दिए।

सिंचाई
Forest
Ad.

रेसुङ्गा विमानस्थलकाे पनि अवलाेकन गर्ने

जिल्ला भ्रमणमा रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रेसुङ्गा विमानस्थलकाे पनि अवलाेकन गर्ने भएकि छिन। निर्माणकार्यकाे अन्तिम चरणमा रहेकाे जिल्लाकै एक मात्र विमानस्थल स्थलको शहरी विकास मन्त्री झाँक्रीले अवलोकन गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ।

माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकाे पहलमा संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालय मार्फत रेसुङ्गा विमानस्थल निर्माणका लागि आईतबार मात्रै १० कराेड रुपैयाँ बजेटकाे व्यवस्था गरिएकाे समेत मन्त्रीकाे स्वकीय सचिवालयले जनाएको छ।

Awareness by SKF

साथै शहरी विकास मन्त्रालयबाट सदरमुकाम तम्घासबाट विमानस्थलसम्म पुग्ने सडक कालाेपत्रे गर्नका लागि बजेटकाे व्यवस्था मिलाएर टेन्डर प्रक्रियामा रहेको बताईएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया