बागलुङ संवाददाता, बागलुङ: अश्लील शिर्षक राखेर भिडियो बनाउने बागलुङको निसीखोलाका एक युट्युबर पक्राउ परेका छन्।
अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाई अनलाइन टीभी नामक युट्युब च्यानलका सञ्चालक रामबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको हो।
बागलुङको निसीखोला गाउँपालिका-१, पाखापानी घर भइ काठमाण्डौ अनामनगर बस्ने मल्ललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको जानकारी गराइएको छ। पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
उनले युट्युब च्यालनमार्फत अश्लील शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ।