Awareness

Get Vaccinated

आगामी निर्वाचनमा एमाले विरुद्ध गठबन्धन गरे पनि परास्त गर्छौँ: पूर्वमन्त्री विष्ट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: नेकपा एमाले मुसिकोट नगरकमिटीको अगुवा कार्यकर्ता भेला तथा युवा संघ नेपाल मुसिकोट नगरकमिटीको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।

रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिब तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले गठबन्धनका नाममा नेपाली काँग्रेस र अन्य केही दलहरुले एमालेलाई घेराबन्दीमा पार्न कोशिस गरेको भन्दै आमागी चुनावमा एक्ला एक्लै एमाले पार्टी संग चुनाव लड्ने आट कसैसगं नभएको दाबी गर्नुभयोे। आगामी निर्वाचनमा यदि सबै राजनितिक दल एमाले विरुद्ध गठबन्धन गरेर आए पनि सबैलाई निर्वाचनमा परास्त पार्ने विष्टको भनाई थियो।

शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको बहुमतबाट नभएर बम्पर उपहारबाट प्रात्त भएको विष्टले उल्लेख गर्नुभयो। मन्त्रीमण्डप विस्तार गर्न १ सय दिन लगाउने सरकारले जनताको समस्या र चाहाना अनुसार काम गर्न नसक्ने विष्टले बताउनुभयो‌। विष्टले पार्टीमा देखिएका केही आन्तरिक सकंटले कार्यकर्तालाई निराशा बनाएपनि फेरी एकताबद्ध भएर अगाडी बढ्न सबै पार्टी पङ्तिलाई आग्रह गर्नुभयो।

विष्टले वामी भुवाचिदी सडक खण्ड कालोपत्रे गर्नका लागि बजेटको अभाव नभएको बताउनुभयो। उक्त सडकखण्ड निर्माणका लागि प्रत्येक वर्ष बजेट विनियोजन भएर टेण्डर हुँदा समेत काम हुन नसकेकाले किन काम हुन सकेन भनेर खोज्न सम्पूणर्लाई आग्रह समेत गर्नुभयो।

त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख एवम् नेकपा एमाले जिल्ला कार्यसमिति सचिव सोमनाथ सापकोटालले आफु निर्वाचित भएर आईसकेपछि नगरभित्र विकासले फड्को मारेको दावी गर्नुभयो। स्थानिय तहको निर्वाचनमा धोषण पत्रमा उल्लेख गरे अनुसार गाउँपालिका भित्र काम गर्न सफल भएको बताउनुभयो। उज्यालो नगर घोषणा, घरका छाना मुक्त नगर, एक घर एक धारा कार्यक्रम, नमुना वस्ती स्थानान्तरण लगायतका अन्य थुप्रै कामहरु गरेको उहाँको भनाई थियो।

कार्यक्रममा राष्ट्रिय युवा सघं जिल्ला अध्यक्ष मोहन पाण्डे, बद्धिजिवी परिषद गुल्मीका अध्यक्ष गोविन्द गौतम,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मुसिकोट नगर ईन्चार्ज जीवन खरेल, नेकपा एमाले जिल्ला कमिटी उपसचिव धर्म विक, लुम्बिनी प्रदेश कमिटी सदस्य खड्क केसी, नेकपा एमाले केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला कमिटी सह ईन्चार्ज जगं नेपाली, नेकपा एमाले केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला कमिटी ईन्चार्ज दिनेश पन्थी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो।

सम्पन्न राष्ट्रिय युवा सघं नेपालको प्रथम नगर सम्मेलनले राजु गुरुङको अध्यक्षतामा ३५१ सदस्यीय समिति निर्माण गरेको छ। जसको उपाध्यक्षमा सोम बहादुर दर्लामी, सुरज नेपाली, प्रेम खड्का, राजेश रायमाझी र विजय कक्षपति रहनुभएको छ।

Awareness by SKF

त्यस्तै सचिवमा सन्दिप खत्री, सहसचिवमा विष्णु थापा, विपिन गुरुङ, र राजु सुवेदी तथा कोषाध्यक्षमा युवराज भट्टराई चयन हुनुभएको छ। ३५१ सदस्यीय मध्ये अन्य सदस्यहरु रहेको र बाँकी रहेका ८ जना पछि मनोनीत गर्ने नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो।

नेकपा एमाले मुसिकोट नगरकमिटी उपाध्यक्ष राम बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नगर अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता र सचिव गोपिकृष्ण खरेलको सञ्चालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया