Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा ३३ हजार विद्यार्थीलाई कोरोनाविरुद्धकोे मोडर्ना खोप दिन शुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ। जिल्लाका ९३ वडामा रहेका विद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो।

जिल्ला स्थित १२ वटा स्थानीय तहको समन्वयमा तोकिएको खोप केन्द्रमा लक्षित उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताए। जिल्लामा हाल ३० हजार डोज खोप लक्षित उमेर समूहका बालबालिकालाई आएको आचार्यले बताए।

जिल्ला भर लक्षीत उमेर समूहका विद्यार्थीहरु ३३ हजार रहेका छन्। कोरोनाविरुद्धको खोप लगाउन पाउदा विद्यार्थीहरु उत्साहित भएका छन्। लामो समयको प्रतिक्षा पछि खोप लगाउन पाउदा विद्यार्थीहरुले पठनपाठनमा सहजता हुने विद्यार्थीहरुको भनाई छ। बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप पुस ८ गतेसम्म दिइने भएको छ।

Forest
Forest
Ad.

पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइनेछ। जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकाकाले बजार भित्रका विद्यालयहरुलाई हाट बजारको भवनमा खोप लगाउने व्यवस्था मिलाएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए।

बजार बाहिरका विद्यालयहरुमा भने नजिकैको तोकिएको खोप केन्द्रहरुबाट खेप दिने व्यवस्था मिलाइएको छ। जिल्लामा हालसम्म विभिन्न चरणमा पहिलो मात्राको खोप लाउने संख्या १ लाख ३५ हजार ६४६ रहेको छ। दोस्रो मात्राको खोप लगाउनेको संख्या ६२ हजार ४२१ रहेको छ। हाल जिल्लामा ८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया