Hi-Speed Computer

Awareness Campaign

रेसुङ्गा-९ द्वारा ८३ जना ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट र च्यवनप्रास वितरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: रेसुंगा नगरपालिका, वडा नम्बर ९ ले ज्येष्ठ नागरिकलाई न्यानो माया प्रदान गरेको छ। वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर ७० बर्ष माथिका ८३ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ब्लाङ्केट) र च्यवनप्रास प्रदान गरेको हो।

रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले १०३ बर्षीय वृद्ध परसुराम उपाध्याय पन्थी सहितका वृद्धवृद्धाहरुलाई सम्मान गरेका थिए। साथै सोहि अवसरमा वडाले स्थानीय तहपछि गरेका विकासका काम र पारेको प्रभावका विषयमा निर्माण गरेको विकासको दर्पणछायाँ वृत्तचित्रको भुसालले विमोचन पनि गरे।

उनले कार्यक्रमलाई संबोधन गर्दै प्रतिपक्षको घेराबन्दीको बिचबाट नगरका भगवान जस्ता वृद्ध बाबाआमासहित कैंयौं नागरिकमा खुसी देख्न पाउनुनै आफूको महत्वपूर्ण उपलब्धि भएको बताए।

Forest
Forest
Ad.

पुराना पुस्ता समाजको इतिहास र सम्पत्ति भएकाले सम्मान र आशिर्वादका लागि न्यानो कपडा वितरण गरेर सम्बन्धलाई थप प्रगाढ बनाएको रेसुंगा नगरपालिका-९ का वडाध्यक्ष नारन सुनारले जानकारी दिए। आफु निर्वाचित भएपछि नागरिक बिच गरेका वाचा अनुसारका कामको दस्तावेजका रुपमा वृत्तचित्र निर्माण गरेर सार्वजनिक गरिएको सुनारले बताए। कार्यक्रममा स्थानीय राजनैतिक दल एवं सरोकारवालाको उपस्थिती रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया