Awareness

गुल्मीको मुसिकोटमा भीरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु

खबर

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नं १ बाँगेस्थित खिख्रा सामुदायिक वनको भीरबाट लडेर २ जनाको ज्यान गएको हो।

भीरबाट लडेर गम्भीर घाईते भएका वडा नं १ सिम्लेका मनु सार्की र उनी श्रीमती ज्ञानु परीयारको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

Get Vaccinated

माईती जाने क्रममा लडेर उनीहरु घाईते भएका थिए। अहिले उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *