Clean Water Campaign

Awareness Campaign

गुल्मी अर्जैकी अर्यालको‌ आर्थिक अभावका कारण क्यान्सरको उपचारमा समस्या



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मी जिल्लाको मालिका गाउँपालिका-६ की २३ बर्षीया रिता अर्यालको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ। उनी अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन्। गत साउनमा ढाडमा सानो मासु पलायो। अर्याल उपचारको लागि तम्घासको एक मेडिकलमा आइन्। स्वास्थ्यकर्मीले सानो मासु भएकाले काटेर फालिदिए।

लगभग एक महिनामा फेरि समस्या बल्झियो। उनी पहिलेकै मेडिकलमा आइन। मेडिकलकर्मीले फेरि पनि मासु काटने सुझाव दिए। एकाएक मासु बढेर ठुलो बन्यो। अर्याल आफन्तको आग्रहमा बुटवल पुगिन्‌‌। बुटवलका अस्पतालमा पनि उपचार भएन। डाक्टरले बुटवलबाट काठमाण्डौ पठाए। काठमाण्डौमा मासुको अप्रेशन गरियो।

भारत लगेर बायोस्पी गरेपछि क्यान्सर भएको पुष्टि भएको उपचारमा संलग्न दिदी मिठु बस्नेतले बताइन्। उनले मेडिकलले तम्घासमै हचुँवाका भरमा उपचार गरेका कारण समस्या झन बल्झिएको बताइन्। परिवारलाई अस्पतालमा बिरामीको उपचार र छोरीको हेरचाह गर्न निकै अप्ठ्यारो परेको छ।

सिंचाई
Forest
Ad.

एक हप्तादेखि पीडितको भरतपुरमा क्यान्सरको उपचार सुरु भएको छ। किमो सुरु भएकाले उपचार खर्चमा समस्या परेको बस्नेतले गुनासो गरिन्। क्यान्सर पीडित अर्यालको ११ महिनाको छोरी छन्। घरको आर्थिक अवस्था राम्रो छैन। भर्खरै कमाउन गएका श्रीमान मिन बहादुर अर्याल पनि श्रीमती बिरामी परेपछि गाउँ फर्किए।

श्रीमानले सबैसंग सहयोगको याचना गरे। ‘श्रीमती बिमारले थला परेपछि कसरी काम गरुँ। ११ महिनाको छोरीको समेत कन्तबिजोक छ,’ उनले भने, ‘दैव पनि गरिब र विपन्नलाई मात्र लाग्ने रहेछन्।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया