Hi-Speed Computer

Awareness Campaign

गलकाेट समाज जापान क्षेत्रीय समितिद्वारा सुनारलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, गुल्मी: गलकाेट समाज जापान क्षेत्रीय समिति कान्ताे(टाेकियाे) द्वारा गलकोट नगरपालिका १ दुदिलाभाटीकि १९ वर्षिय मुना सुनारकाे परिवारलाई आर्थिक सहयोग रु.५ लाख ३५ हजार हस्तान्तरण गरेकाे छ।

गलकाेट नगरपालिका १० पाण्डवखानी सुनपानी (धाँर) मा बसी पाण्डवखानी मा.वि. कक्षा १२ मा अध्ययनरत अति विपन्न, जेहेन्दार र अनुशासित छात्रा मुना सुनार हाल दुवै किड्नी फेल भई लुम्विनी प्रादेशिक अस्पताल, बुटवलमा उपचाररत रहेको तथा उनको आर्थिक अवस्था अत्यन्त कमजोर रही उनको उपचार खर्च जुटाउन सक्ने अवस्था नै नरहेको सन्दर्भमा अमूल्य मानव जीवन रक्षाका लागि गलकोट समाज जापान, कान्तो, टोकियो क्षेत्रीय समितिले सुनारकाे परिवारलाई हालसम्म सङ्कलित रकम शनिबार गलकोट नगरपालिका-१०, पाण्डवखानीमा हस्तान्तरण गरिएको छ।

कार्यक्रममा जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, शिक्षाप्रेमी, पत्रकार तथा समाजका अगुवा महानुभावहरूको विशेष उपस्थितिमा समाजका उपाध्यक्ष समाजसेवी व्यक्तित्व हिमाल कँडेलकाे हातबाट विरामीको आमा र दाइलाई हस्तान्तरण गर्नुभएकाे थियाे, रकम हस्तान्तरण गर्दै समाजका उपाध्यक्ष हिमाल कँडेलले याे हाम्रो सानो सहयोग र सहभागीता मात्र हाे आगामीदिनमा यश प्रकारका सहयोग हुने बताउनुभयो।

Forest
Forest
Ad.

उच्च आशातीत र स्तुत्य सहयोगका लागि गलकोट समाज जापान कान्तो, टोकियो क्षेत्रीय समितिका अध्यक्ष, उपाध्यक्ष र सचिव लगायत सम्पूर्ण पदाधिकारीहरुलाइ दुवै किड्नी फेल भइ अस्पतालकाे बेडमा छट्पटाइ रहेकी मुना सुनारको जीवनदानको लागि पुण्य कर्म गर्नु हुने सम्पूर्ण दाता मनहरूप्रति हृदयदेखि आभार व्यक्त समग्रह पाण्डवखानीवासीको तर्फबाट धन्यवाद संगै स्वागत गरिएको थियाे।

साथै यहाँहरूको यो स्वस्फूर्त सहयोगले निर्धन, निसहायहरू पनि विना उपचार मर्नु पर्ने छैन भगवानरुपी दाताहरूको सहयोगी मनले जीवनदान दिनेछ भन्ने पवित्र सन्देश छरेको भन्दै पाण्डबखानी माविका प्रध्यानापक नवीन सुनार भावुकले बताउनु भयाे। त्यस्तै साहि कार्यक्रममा पनि उनलाइ सहयोग प्रदान संगै सहयाेग गर्ने संघसंस्था र दाताहरुकाे लहर्काे लागेकाे थियाे।

उनको उपचारमा २० ओैँ लाख खर्च हुने देखिएकाेले अन्य सहयोग दाताहरूका लागि ग्लोबल आईएमई बैंक गलकोट शाखामा राजन सुनार र लिल बहादुर काउचाको नाममा रहेको संयुक्त खाता नं. 9407010054737 मा रकम जम्मा गरिदिनु हुन र उनको पूर्ण उपचारमा अमूल्य सहयोग गरिदिनु हुन अनुरोध समेत गरिएको थियाे।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया